images
images

सन्देश

दिन बिते , महिना बिते , बिते बर्ष दिन
अझै उस्को दैनिकीका फेरिएनन् दिन
कैय्यौं रात बितिसके नयाँ युग खोज्दै
“जनबाद ,समाजबाद” नारा लाउँदा लाउँदै
युबा उर्जा गुमाइसक्यो जेल-नेल भोग्दै
स्वाभिमानी शीर् न झुकोस् , भए पनि एक्लै
भ्रष्टाचार , दुराचार महाँ शत्रु भए
जाली-झेली , किर्ते, ठगी निशानामा रहे
संघर्षका हरेक कदम् जोखिम् युक्त रहे
 अहिले अतित नियाल्दैछ ,बिलखबन्द पर्दै
तैपनि उस्को आबाजमा अझै ठूलो दम् छ
राष्ट्रवाद, लोकतन्त्र - नयाँ नेपाल भन्छ
                                  नयाँ नेपाल भन्छ ।
झोला बोकी लेक-बेंसी , गाउँ-शहर घुम्थ्यो
क्रान्तिकारी चेतनाको बिगूल फुक्ने गर्थ्यो
किसान-मज़दूर- श्रमिकका घर-घर पुग्थ्यो
भोलि हाम्रा दिन फिर्छन्-आश्वस्त बनाउँथ्यो 
तर - ..........
सोर्स्-फोर्स् , पहुँच अनि कमिसनतन्त्र
यस्तै जालभित्र पर्यो, हाम्रो राज्ययन्त्र
हिजोका ती योद्धाको सोध्-खोज् ,
ख्वै कहिले हुन्छ र .......... ... .?
कहाँ  के पो गर्दैहोलान् , हाम्रा मोहनचन्द्र ?
अहिले प्रश्न  उठिरा’छ , हामी कहाँ चुक्यौं ?
  बिस्तारबादी  . ..’ छिमेक् सामू ,
अहिले किन झुक्यौं....?
यस्तै-यस्तै मनमा प्रश्न उठिरहने धेरै
 एक नबीन् बिकल्पसहित् जाग यूबा आजै
मेरो यही सन्देश हो नयाँ पुस्तालाई
अहिलेको यो प्रणालीैमै खोट देख्छु भाई
अनाबश्यक् प्रदेश् सारा खारेजीमा जुट
नब युबा-युबती हो , अब छिटै उठ  !
                                 अब छिटै उठ !!