काठमाडौँ - कफी पारखीहरू माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल रेडमड कफीले बौद्धमा आफ्नो १३ औँ आउटलेटको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाली काँग्रेसका महामन्त्री एवम् प्रभावशाली युवा नेता गगन थापा र मोडल एवम् मिस इन्टरनेशनल नेपाल २०१७ निती शाहले उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै गगन थापाले १३ औँ आउटलेटसम्म बिस्तार गरेकोमा बधाई दिँदै थप बिस्तारको शुभ कामना दिनु भयो । साथै रेड मडले भित्राएको जस्तै वैदेशिक लगानीलाई पनि प्रोत्साहन गर्नु पर्ने कुरा राख्दै वैदेशिक लगानीका लागी आवश्यक निती नियमको लागी पहल गर्ने बताए । यता निती शाहले पनि यो नयाँ आउटलेट निकै नै आकर्षक रहेको र युवा पुस्तालाई मन पर्ने कुरामा ढुक्क रहेको बताइन् ।
११ वर्षअघि काठमाडौँको थापाथलीमा पहिलो आउटलेट खोलेर सञ्चालनमा आएको ’रेडमड कफी’ विस्तार हुने क्रममा रहेको छ। रेडमडले आफ्नो १३ औँ शाखा टुसाल, बौद्धम खोलेको हो । फस्टाउँदै गएको कफी तथा रेस्टुरेन्ट बजारलाई ध्यानमा राखेर नयाँ आउटलेट टुसाल , बौद्धमामा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। यता फ्रान्चाइज होल्डर सुनिता तामाङ र मनोज पाख्रिन पनि आफूहरू रेडमडको कफी , सर्भिस र खानाबाट प्रभावित भएर नै बौद्धमा रेडमड कफी सञ्चालन गर्न अघि बढेको बताउँछन् ।
उपत्यकाभित्र रेडमडका आउटलेटहरु थापाथली, नयाँ बानेश्वर, पानी पोखरी, डिल्लीबजार, एकान्तकुना, झम्सिखेल, दरबारमार्ग, बुढानीलकण्ठ र उपत्यका बाहिर विराटनगर , मनाङ लगायतका स्थानमा रहेका छन् । यस सँगै रेडमडले निकट भविष्यमा थप आउटलेट पनि विस्तार गर्ने योजना रहेको सञ्चालक प्रवेश हुमागाईँले जानकारी दिए । कफी पारखीका लागि आकर्षक एम्बियन्स र शान्त वातावरण सहितको सेवा रेडमडको मुख्य विशेषता रहेकाले यसले सबै वर्ग र पुस्ताका ग्राहकको मन जित्न सफल भएको दाबी गरेको छ ।