images
images

थोमस अल्भा एडिसन - अदभुत वैज्ञानिक

तत्व तिम्सिना 

पोर्ट हुरोन र डेट्रोयट वीच भखरै खुलेको वाटोेले वरिपरिका मान्छेहरु रमाइलो मान्दै रेल आए– गएको हेर्ने गर्दथे । तर एकदिन सवै चकित भए । इन्जीनको डिव्वाको साथसाथै पछिल्लो मालवाहक डिव्वावाट पनि धुवा आइरहेको थियो । सायद आगोको धुवाँ थियो त्यो । रेल विस्तारै रोकिन लाग्यो । रेलका सञ्चालक र आगो निभाउने मान्छेहरु पछिल्लो डिव्वातर्फ दर्गुन थाले ।

एडिसनलाई कसैले बाहिर धक्रले । उनी त्यतिखेर पत्रिका छपाउने कार्यमा व्यस्त थिए । विस्तारै उनका सवै सामानहरु वाहिर हुत्तिन थाले । केही छिनपछि उनले थाहा पाए– भुइमा फोसफोरस खसेर त आगो पो लागेको रहेछ । 

आगो निभेपछि रेल विस्तारै बढ्यो । रेलमार्गको यत्रतत्र रसायन, पत्रिका, पुराना यन्त्र तथा सामानहरु छरिएका थिए । एडिसन बाटोको छेउमा आफ्नो काम थमथमाएर घोप्टो परिरहे । उनका आखाँवाट आँसु झर्न थाल्यो । कानमा असह्य पीडा हुन थाल्यो । भर्खरै  पाएको मनपर्दो जागिर त खुस्किनै हाल्यो । विचारा अल्भा, उनी बाहिरा भए सधै को लागि । रेलवाट सामान हुत्याउँदा एउटा बाकस जोडले उनको कानमा बज्रिएको थियो रे ।

यतिखेर उनी मात्र १४ वर्षका थिए । यति कलिलै उमेरमा यस्तो काममा लाग्नु पर्ने उनको  बाध्यता एवं इच्छा थियो । एक दिन सफल मान्छे बन्ने, आमा बाबुलाई खुसी पार्ने चाहना थियो ।
तर एडिसन यो दुः खद घटनावाट तसिएनन् र तर्किएनन पनि । उनले आफ्ना इच्छा अनुरुपका कार्यहरु गर्दैरहे । सानै देखि नै एक सफल व्यक्तिमा हुनुपर्ने सवै धारण उनमा सानै देखि नै थियो । अपूर्व बुध्दि भएका अल्फा सानै देखि नै कडा परिश्राम गर्दथे । उनी सानातिना कुराबाट डराउँदैनथे । सायद उनमा यी गुणहरु उनमा जिजु हजुर बुवाबाट सरेको होलान् ।

जिजु हजुर बालाई ‘‘ स्वतन्त्रको युद्धमा ’’ बेलाएत समर्थक रहेकाले तत्कालीन सरकारले फाँसी दिने निर्णय गरेको थियो । तर उनी समयमै क्यानाडा भाग्न सफल भए । अल्भाका बावु स्यामूल एडिसन पनि क्यानाडाको तत्कालीन सरकार प्रति रुष्ट थिए । उनी परिवर्तनको पक्षमा रहे । यो कुरा थाहा पाएपछि उनलनाई पक्डिन सैनिक पठाइयो । उनी अमेरिकातर्फ भाग्न सफल भए । पछि एक जहाजका क्याप्टेन अल्भा ब्रेडिलीको सहयोगले आफ्ना  श्रीमती तथा ६ जना बच्चाहरुलाई अमेरिका ल्याए । यही मिलान भन्ने ठाँउमा ११ फ्रेब्रेअरी, १८४७ मा सातौ वच्चाले उनको परिवारमा जन्म लियो । अल्भा ब्रेड्ली जसले वडो संकटपूर्ण अवस्थामा राख्ने परिवारलाई जोगाएको थियो । उनैको सम्झनामा यो वच्चाको नाम ‘‘अल्भा एडिसन’’ राख्ने परिवारले निधो गर्यो । यो बालक पछि भएर थोमस अल्भा एडिसनको नामले चिनिन थाल्यो । 

एडिसनका बाबु स्यामूल एक साधारण व्यवसायी थिए । उनी ज्यादै रिसाह स्वभावका थिए । स्यानो गल्तीमा अल्भालाई कोर्रा लगाउनु उनको दिनचर्चा थियो । आमा नन्शी अत्न्तै मृदुल स्वभावकी थिइन् । पेशाले उनी एक शिक्षिका थिइन् । विवाह पश्चात् उनीहरुले एउटा सानो होटल खोली आफ्नो परिवारको गुजारा चलाउन थाले ।

एसिडन ७ वर्षको मात्र हुँदा, यो परिवार पोर्ट हुरोनतर्फ लाग्यो । एडिसनको वाल्यकालको शिक्षा यहीको एक स्कूलमा सुरु भयो । ठूलो टाउकोे बेजोडको र नमिलेको जस्तो देखिने बालक एडिसन शिक्षकहरुका लागि अनौठो ठहरिए । नाना थरिका प्रश्नहरु सोधेर उनी शिक्षकहरुलाई अलमल्ल पार्दथे । उनलाई सम्झाउन र बुझाउन शिक्षकहरु असमर्थ हुन्थे । 

एक दिनको कुरा हो आगो लाग्दा के हुदोरहेछ हेर्न अल्भा उत्सुक रहे । घर अगाडिको खमारमा आगो लागे पछि बल्लतल्ल उनी त्यहाँवाट उम्कन सके । हावाको प्रवल चापले गर्दा झण्डै गाँउ नै सखाप भएछ । कुरो के थियो र । बाबुले कुट्ने निहुँ पाइहाले । बाबुको कुटाइवाट उनी  कहिल्यै रोएनन् रे । अनाोठो काम गर्नु त उनको स्वभाव नै भएको थियो । ६० वषै पछि उक्त घटना सम्धmदै एडिसनले भनेका थिए – ‘‘मलाई त्यसै पनि बाबुले मुर्ख भन्ने गर्दथे । त्यसैले म पनि मुर्ख हुने उपाय रच्ने गर्दथे । ’’

एडिसनको बाल्यकाल वढो नीरस थियो । सानैदेखि उनले विचार विज्ञापर्फ ढल्केको थियो । छोराको यस्तो प्रकृति बुझी आमा नान्शीले उनलाई विज्ञानका आधारभूत पुस्तकहरु किनेर ल्याइदिने गर्थिन् । उनी पुस्तकमा दिइएका प्रयोगहरु आफैले गरेर हेर्ने गर्थे । 

आफू ८ वर्षको हुदा नै उनले घरको तहखानामा प्रयोगशाला वनाई सकेका थिए । जार, शिशि, रसायन पुस्तक आदिले भरिएको प्रयोगशाला नै उनको वालकको क्र्रियास्थल थियो । सँगैका साथीहरु माछा मारी वा घर बनाई खेल्दा हुन त्यसवेला, तर एडिसन आफ्नै किसिमको टेलिग्राफ वनाउनमा व्यस्त हुन्थे । विभिन्न ग्याँस र धातुको अध्ययनमा उनी धेरै समय विताउने गर्दथे । 

बाल्यकालमा नै उनको शिक्षा बुद्धिको पहिचान गर्न सकिन्थो । घर बजार जहाँ आफुमा खट्केका प्रश्न उनी जो कोही सगँ पनि सोध्ने गर्दथे । स्थानीय पार्ट हुरोनका एकजना स्टेसन एजेन्टस  हो । एडिनवर्गमा यसको पुच्छर तानियो भने थाहा छ, यसले लण्डनमा भुक्छ ।’’ उनको यो जवाफ एडिसनको लागि सधै मनन योग्य रहेको थियो । 

एडिसन ११ वर्षको हुदैमा घरेलु टेलिग्राफ बनाइसकेका थिए उनको इच्छा मोर्श लिपि सिक्नु थियो । वैज्ञानीक मार्शले सन् १८३२ मा इलेक्ट्रि टेलिग्राको अविष्कार गरेका थिए । उनले यो टेलिग्राफको आविष्कार गरेका थिए । विशेष प्रकारका लिपिहरुको प्रयोग गरेका थिए । जसलाई पछि गएर ‘‘मोर्श लिपी’’ भनिन थालियो । 

एडिसन परिवारको आय न्यून थियो । तहखानमा भएको आफ्नो प्रयोगशालाई धेरै खर्चको आवश्यकता पर्न थाल्यो । उनी बाबु–आमामा आश्रित रहन चाहदैनथे । कुनै व्यवसाय गर्ने कुरा उनले सोचे । आमाले करेसावारीको स्यानो ठाँउ उनलाई छुट्याई दिनुभयो । कुरा के थियो र, ठूल दाईको सहयोगमा उनी तरकारी व्यापारमा लागि हाले । एउटा घोडा र गाडी भाँडामा लिए । प्जाज, साग, कोभी, केराउ आदि उनी उव्जाउने गर्दथे । व्यापार तीव्र गतिले वढ्न थाल्यो । वर्ष ३०० डलर भन्दा ज्यादा आम्दानी हुन्थ्यो । आधाले रसायन पुस्तक आदि किन्ने गर्दथे । 

पोर्टर हुरोन र डट्रोयटको वीचमा रेलमार्ग खुलिसकेको थियो । डेट्रोयटवाट तरकारी ल्याई पोर्ट हुरोनमा बेचन सकेमा फाइदाजनक हुन सक्ने कुरा एडिसनले सोचे । आमा बुबासंग यो कार्य गर्नको लागि मञ्जुरी मागे । छोरो १२ वर्षको मात्र भएको हुनाले उनीहरुलाई सहमाति दिन अप्ठयारो पर्यो । तर हठी एडिसनको अघि उनीहरुको केही लागेन ।

डेट्रोयटको पहिलो यात्रा उनको यहाँका ठूला भवन, पसल र फेशनवाला मान्छे हेरेर बिताए । यति टाढाको उनको यो पहिलो यात्रा थियो । पार्ट हुरोनवाट ६३ माइल टाढा रहेको डेट्रोयल शहर पुग्न रेललाई पनि ३ घण्टा लाग्दथ्यो ।

डेट्रोयट आउने र र्फने क्रम दिनहु चल्थ्यो । माध्यान्तरपछि तरकारीको आफूभन्दा ठूलो भारी वोकेर एडिसन रेल भट्ने आशामा हुन्थे । पुराना र मैला लुगा लगाएरका अल्भा त्यतिखेर सारै नै दरिद्र देखिन्थे । आफ्नो आत्मकथामा भनु १८५५ मा उनले लेखेरका छन् ‘‘आफू गरिव भएको हुनाले पैसा कति मूल्यवान हुन्छ भन्ने कुरा मलाई त्यतिखेर थाहा थियो ’’ । 

पोर्ट हुरोन – डेट्रोयटको दैनिक यात्राका क्रममा धेरै व्यक्तिलाई चिने । उनको पढ्ने तिव्र इच्छा झन् बढ्न थाल्यो । त्यसवेला अभिरुचि विशेषतः पत्र–पत्रिका तर्फ थियो । पुस्तककालयमा अध्ययन गर्न पाउने मनशायले उनी डेट्रोयटको ‘‘योङ्ग मेन्सक्लब ’’ को सदस्य बने । फूर्सद हुनासाथै उनी पुस्तकालय पुगी हाल्थे ।

त्यसबेला अमेरिका गृहयद्ध सल्केको थियो । जनरल जोन्स्टन युद्धमा मरेको कुरा डेट्रोयट शहर वरिपरि पनि सनसनिपूर्ण रुपमा फैलिएको थियो । रेल यात्रीहरुले पत्र पत्रिकाको चाहना राखेको कुरा उनले बुझे । अनुमति पाउन एडिसनलाई केही समय लागेन । डेट्रोयट फ्रि पोष्ट बेच्न थाले । दिनहुँ १ हजार प्रति भन्दा वढी विक्री हुन्थ्यो ।

यात्रीहरुलाई अझ, ताजा र रमाइला समाचारले अवगत गराउन सके हुन्थ्यो भन्ने एडिसनको चाहना थियो । त्यसैले उनले आफ्नै पत्रिका खोल्ने विचार गरे । डेट्रोयट एक पसलवाट ५० डलरमा एउटा पुरानो हस्तचालित छाप्ने मेशिन किने । रेलको अन्तिम मनालवाहक डिव्वा एडिसनलाई प्रयोग गर्न दिइएको थियो । यसैमा उनले आफ्नो प्रेस पनि खोले । हरेक सप्ताह विक्लि हेरालुको ४०० प्रति छपाउने गर्दथे । यसको सम्पादक प्रकाशक, रिपोर्टर, कम्पोजिटर आदि सवै उनी एक्लै थिए । उनको प्रेसको स्थापना सम्पूर्ण विश्वको लागि एउटा नौलो एंव अस्मिरणीय घटना थियो । रेल गाडीमा जडान गरिएको यो विश्वको पहिलो प्रेस थियो । यो कार्यले गर्दा १५ वर्षका एडिसन निकै ख्याति कमाएका थिए ।

एडिसन स्यानै उमेरदेखि रसायनसंग खेल्ने पल्किएका थिए । रासायिनिक पदार्थका अनौठा गुणहरुले गर्दा उनको अभिरुचि यसतर्फ बढ्दो रुपमा थियो । पत्रिका छापेर बेचेपछि बाँकी रहेको समय उनी ग्यास तथा धातुको अध्ययनमा लगाउँथे । विभिन्न प्रयोगहरु उनी रेलगाडी भित्रै गर्ने गर्दथे । रेल गामा जडान गरिएको यो प्रयोगशाला विश्वको पहिलो घुम्ने प्रयोगशाला थियो ।

पत्रिकाको काममा व्यस्त रहँदा फस्फोरस भुइमा खसेको उनलाई थाहा भएनछ । रेलको अन्तिम डिव्वा जल्न थाल्यो । यसले गर्दा एडिसनले रेलभित्रको आफ्नो व्यवसाय गुमाउनु पर्यो ।

आफ्नै घरको तहखानमा पत्रिकाको पुनः प्रकासन शुरु गरे । एउटा साथीको सल्लाहले पत्रिकको नाम ‘‘पाल प्राइ‘ं’ पारे । तर यो पनि धेरै दिन टिकेन् । स्थानीय एक व्यापारी उनीसंग यति रिसाएछ कि उसले एडिसनलाई घोक्रायाउँदै नजिकको एउटा नदिमा फ्याँकिदिएछ । यो घटनापछि उनले पत्रकारिता व्यवसायलाई सधैको लागि छोडिदिए । तर उनको पत्रकारिता प्रतिको  अभिलाष कहिल्यै मरेन । उनले पत्रकारीता प्रतिको आफ्नो दृष्टिकोण यसरी व्यत्त गरेका छन् । ‘‘पत्रकारिता भन्दा वढी मोहक रसिलो र अत्यधिक व्यापक अरु बुनै विषय हुदौ आफ्नो मनको  मनको कुरा भन्नु, सल्लाह दिनु, शिक्षण र मनोरञ्जन गर्नु र परे जिसकाई पनि दिनु । कति अचम्मको विद्या । मलाई अफशोच छ, म पत्रकार हुन पाइन ।’’

सन् १९६२ को कुरा हो । एडिसन कुनै व्यवसायमा थिएनन् । बेरोजगार एडिसन नयाँ कामको खोजीमा थिए । उनी रल्वे  प्लेटफार्ममा भौतारिरहेको वेला एउटा मालवाहक रेलले एउटा वालकलाई किच्न लागेको देखे । त्यो बालक तेतिवेला रेलको लिकमा खेलिरहेको रहेछ । हत्तपत्त त्यो बालकलाई लिकवाट बाहिर निकाले । बालकका बाबु आफ्नो छोरो मृत्यको पञ्जावाट जोगिएकोमा अत्यन्तै खुसी थिए । उनी एक स्टेशन माष्टर रहेछन् । स्टेशन माष्टर म्याकेन्जीले एडिसनलाई सहयोग गर्ने कुरा व्यक्त गरेकाले एडिसनको मुखबाट अकस्मात् निक्लेको थियो – टेलिग्राफ । अल्भा टेलिग्राफ सिक्न चाहन्थे ।

त्यसबेल हरेक रल्वे स्टेशनमा टेलिग्राफको व्यवस्था थियो । स्टेशनमा अपरेटरले टेलिग्राफ प्रयोग गरेको उनी हेर्नै गर्थे रे । म्याकेन्जी पनि एडिसन आकांक्षा पुरा होस् भन्ने चाहन्थे । उनले तुरुन्तै जवाााफ दिए ‘‘ठीक छ, म तपाईलाई देशको सर्र्वोच्च टेलिग्राफर वनाउने छु ।’’

भोलीपल्ट देखि नै टेलिग्राफी सिक्ने काम प्रारम्भ भयो । म्याकेन्जीले एडिसनका निम्ति माउन्ट क्लिमेन्टमा बस्ने तथा खाने प्रबन्घ मिलाइदिने थिए । परिश्रमको अगाडि इश्वर पनि भुक्न सक्दा रहेछन् भन्ने कुरा एडिसनको कठोर परिश्रमले देखाइदिएका थिए । उनी १६ वर्ष पुग्दामै टेलिग्राफीमा पारंगत भइसकेका थिए । स्टेशन माष्टरले उनलाई ‘‘ग्य्राण्ड ट्रङ्क लाईनमा अपरेट पदमा नियुक्त गरिदिए । उनको यो पहिलो सरकारी सेवा थियो । उनी स्टाडफोर्ड जक्सनमा बस्नु पथ्र्यो । रेल आए गएको राख्नु तथा रेललाई अघि बढ्न संकेत दिनु उनको काम थियो । समयको अविरल गति र परिश्रमको अथक प्रयासले अल्भालाई एकातिर दरिद्रता बनायो भने अर्कोतर्फ दैनिक क्रियाकलापको एककपताले सतायो । रेल आएपछि उटा ६ को संकेत उनले जक्सनवाट देखाउनु पथ्यो । संकेत एउटै चिन्ह्र देखाउँदा देखाउँदै उनको मनमा नयाँ विचार आयो । किन यस्ैत एउटा नवनाउने जस्ले आफ्नो काम गर्न सकोस् । केही दिन पछि नै उनले लुकिछिपि यस्तै यन्त्रले वनाए । रेल आएपछि ७ को संकेत यही यन्त्रले देखाउने गथ्र्यो । वैज्ञानीक जगतमा यो यन्त्रले त्यति ख्याति नकमाए तापनि उनको यो प्रथम अविष्कार थियो । वैज्ञानिक जगतमा उनको यो पहिलो प्रवेश थियो ।

एडिसनको यो अविष्कारको कुरा रेल्वे अधिकारीहरु समक्ष पुग्यो । उनीहरु एडिसनसँग खुसी भएनन्, उनलाई त आफ्नो कार्यको दुरुपयोग गरिएको भनी त्यो सेवावाटै वंचित गराइयो । 

उनी एक निपुण टेलिग्राफ थिए । उनलाई नयाँ काम पाउन त्यति अप्ठेरो भएन । एकपछि अर्को काम फेदै गए । कंही उनले आफै छोडे त कहीं वाट निकालिए । एक पटक त हाकिमको कोठा नै रसायनले ढाकिदिएछन् । अफिस होस् या घर आफ्ना विविध कार्यहरु उनले कही रोकेनन् । झण्डै ५ वर्ष जति उनले यो घुमन्ते जीवन विताए ।

बोष्टनको वेष्टर्न यूनियन टेलिग्राफ कम्पनीले एडिनसलाई टेलिग्राफर पदको निम्ति निम्त्यायो । उनी यति ठूलो र प्रतिष्ठित कम्पनीमा काम गर्न पाउँदा अत्यन्त खुसी भए । यो सेवाको अवधिमा उनी अत्यन्त दक्ष टेलिग्राफर बने । मर्श लिपिको विस्तृत अध्ययन उनले गर्न पाए । उनले यही रहँदा रचट प्यारालाइजर बनाए । यसले मुशाहरुलाई खोजी खोजी मार्न सक्थ्यो । यो अविष्कारको श्रोय उनलाई आफ्नै कोठाले दिएछ । विचरा एसिनस मुसा र साङ्लाले भरिएको कोठामा सुत्थे । त्यसवेला वोष्टनमा रहँदा उनले प्रसिद्ध वैज्ञानिक माइकेल फराडेका विभिन्न पुस्तकहरु अध्धयन गर्ने मौका पाए । उनी पुस्तकमा लेखिएका प्रयोगहरु अभिरुचिपूर्वक गर्ने गर्थे । दैनिक २० घण्टा भन्दा ज्यादा अध्ययन र काममा विताउँथे । उनी आफ्ना एक मित्रलाई भन्नेभन्ने गर्थे ‘‘ मित्र मैले धेरै काम गर्नु छ तर जीवन अत्यन्तै छोटो छ ।’’

सन् १८६९ मा उनले ‘‘भोट रेकर्डि मेशिन’’ वनाए । उनले यो यन्त्रले भोट छिटो र राम्ररी गन्न सक्थ्यो । एउटा स्विच थिच्ना साथ भोट गन्ने कार्य सुरु भइहाल्थ्यो । उनले यो अविष्कारवाट प्रशस्त आशा राखेका थिए । तर तत्कालिक सिनेटले यो यन्त्र चासो देखाएन । उनीहरु यति परिष्कृत यन्त्रले भोट गन्नेको चाहदैनथे । सिनेटले चासो नदिएकोले एडिसन निराश त थिए नै, तर आफूले पेटेन्ट लिएको यो प्रथम अविष्कार भएकोले उनी त्यतिकै गौरवान्वित पनि थिए । उनले यो अविष्कारपछि अव पुनः यस्ता आवश्यक तथा अयवहारिक यन्त्रको आविष्कार नगर्ने प्रण गरे ।

भोट रेकर्डिङ्ग मेहिनको अविष्कारले एडिसनलाई बोष्टनमा चिनायो । उनका आविष्कार अनुसन्धानवारे स्थानीय पत्र पत्रिका  वारम्वार छापिने गथ्यो । सन् १८६८ मा स्थानीय एक पत्रिकाले ‘‘अव उडिनसले आफ्नो सम्पुर्ण जीवन खोज कार्यमा लगाउन हुने ’’ भनेर लेखेको थियो ।

वैज्ञानिक दृष्टिकोणमा बोष्टन त्यति प्रतिष्ठित ठाँउ थिएन । एडिसनलाई चाहिं सीमित रहनु उचित लागेन । ठूलो र प्रतिष्ठित ठाँउमा आफ्ना आविष्कारहरु छिटै नै लोकप्रिय हुन सक्ने कुरामा उनीहरु विश्वस्त थिए । त्यसैले उनी सन् १८६९ मै न्यूयोर्कतर्फ लागे । न्ययोर्क आइपुग्दा उनीसंग मात्र १ डलर रहेछ । नयाँ ठाँउ, नयाँ मान्छे उनको लागि न्यूयोर्क शहर एकदमै अपरिचत थियो । उनले केही दिन साह्रै कष्ट साथ बिताए । आफ्नू एउटा पुरानो साथीसंग उनको भेट भयो । साथीले उनलाई बस्नको निम्ति गोल्ड इन्डिकेटर कम्पनीको व्याट्री राख्ने कोठामा प्रवन्ध गरिदिए । केही डलर खर्चको लागि दिए ।

गोल्ड रिपोर्टिङ्ग कम्पनीको टेलीग्राफ बिग्रिएको रहेछ । कम्पनीका सवै इन्जिनियरहरु यो मरम्मत गर्न असमर्थ भएछन् । संयोगले एडिसन त्यहाँ पुगेछन् । नपत्याउँदो मानिसले म ठीक गर्न सक्छु भनेकोमा केही बेर त उनी हास्यका पात्र बने । तर केही क्षणमै टेलिग्राफ पहिलाको जस्तै भइनै हाल्यो । कम्पनीका संस्थापक एडिसनसँग अत्यन्तै खुसी भए । यो मेहिन मरमत गर्न नसकेको भए उनलाई क्षण भरमै लाखौ डलरको घाटा हुने थियो । 

संस्थापकले एडिसनलाई तुरुन्तै मासिक ३०० डलर पाउने गरि आफ्नो कम्पनीमा नियुक्त गरे । वास्तवमा एडिसनको लागि यो ठूलौ सफलता थियो । मासिक ३०० डलर पाउनु त्यसबेला साधारण कुरा थिएन ।

एडिसनले १८६९ मा स्टकटिकरको आविष्कार गरे । यो अविष्कारले उनको जीवनमा नयाँ छवि ल्यायो । जेनटल लेफर्टसले उनको यसको पेटेन्टलाई ४०,००० डलर किन्ने भए । एडिसनको निम्ति यो पहिलो ठूलो सफलता थियो ।

कडा परिश्रम, चिन्ता र धेरै छोराछोरीको मृत्यु भएकोले आमा नान्शीको स्वास्थ्य दिन पर दिन विग्रदै गएको थियो । एडिसनका बाबु स्यामूलनले कहिल्यै ध्यान दिएनन् । अप्रिल ११, १८७१ मा उनको मृत्यु भयो । उनको मृत्युको दु ःख उनी भुल्न चाहन्नथे ।

१ वर्षछि गोल्ड रिपोर्टिङ्ग कम्पनीबाट उनले राजिनामा दिए । उनी आफ्नै कार्यशाला खोले कामको वोइरो लाग्यो । वैज्ञानिक आविस्कारलाई औद्योगिक स्तरमा उत्पादन गरिएको यो पहिलो कार्य थियो । सन्र १८७० देखि १८७६ मा एडिसन १२२ वटा पेटेन्टहरु बनाए । यस अवधिमा उनले परम्परागत रुपमा रहेका यन्त्रहरुलाई परिस्कृत गर्ने कार्य पनि गरे ।

सन् १८७१ मा उनको विवाह मेरी सिटवेलसंग भयो । मेरीलाई थाहा थियो , एडिसनले घर परिवारलाई धेरै समय दिन सक्दैनन् । तर मेरी सहनशील थिइन् । एक वैज्ञानिकको पत्नीमा हुनुपर्ने गुण उनमा थियो ।

एडिसन एउटा ठूलो र परिपूर्ण प्रयोगशालाको आकांक्षा राखेका थिए । नेवार्कमा यो सम्भव थिएन । शान्त र मनोरम स्थानको खोजीमा थिए । मिचिगनबाट भर्खरै आएकै बाबुलाई एउटा नयाा ठाँउ को चयनको लागि एडिसन घुम्न पठाए । 

सन् १८७६ मा एडिसन समूह मेनालो समूह मेनालो पार्कमा सर्र्यो । मेनालो पार्क मनोरम एवं शान्त थियो । उनका धेरै अविष्कार तथा अनुसन्धानहरु मेनालो पार्कमै भएका हुन् । एडिसनका आविष्कारहरु जादुरुपी घडीमा इशारामा झै हुने गर्थे । अर्थात् प्रत्येक दिन जसोमा उनी एउटा आविष्कार गर्न सक्षम हुन्थे । उनको यो सफलतामा सम्पूर्ण मेनालो पार्क वासीहरु नै गौरवान्वित थिए ।

मेलालोपार्कको प्रयोगशालामा आविष्कार तथा खोजका साथै औद्योगिक स्तरमा मेशिनहरुको निर्माण गर्ने गरिन्थ्यो । केही वर्षमै एडिसन दविजार्ड अफ मेनालोपार्क अर्थात मेलानो पार्कका जादुगरको उपनामले चिनिन थाले ।

एडिसनले अन्य वैज्ञानिकहरुका अविष्कारलाई अझ परिस्कृत गर्ने कार्य गरे । केही वर्ष अघि मात्रै गहम बेलले टेलीफोनबको आविष्कार गरेका थिए । तर उनको टेलिफलेनको क्षमता धेरै कमजोर थियो । एडिसनले बेलको टेलिफोनको श्रेय अल्भा एडिसनलाई पनि दिइने गरिन्छ । 

एडिसनले सानै छदा मर्श लिपिको अध्ययन गरिसकेका थिए । मर्शलिपिमा लामा तथा छोटा आवाजको प्रयोग गर्दछन् । यस्मा हरेक शव्दहरु अक्षर उच्चारण हुन्छन् । एडिसनले मर्श लिपिमा व्यापक परिवर्तन गरी अझ परिस्कृत रुपमा प्रस्तुत गरे । विधुत प्रयोगवाट चल्ने विभिन्न यन्त्र तथा वसतुहरु बनाएर । विधुतवाट चल्ने गाडी, विधुत भाडोहरु आदि उनैका देन हुन् ।

‘‘तातो पालावाट इलेक्ट्रोग्राफहरु बाहिर निस्कन्छन्’’ भन्ने कुरालाई उनले प्रष्ट पारे । यसलाई एडिसन प्रभाव’’ भनियो । टेलिफोन सिनेमाट्रोग्राफ आदि यो सिद्धान्तमा आधारित छन् । 

‘‘फ्रोनग्राफ’’ अथवा ‘‘बोल्ने यन्त्रले’’ (सन् १८७७)  ले उनको जीवनमा विशेष महत्व राख्दछ । यसले एडिसन ख्यातिलाई विश्व प्रसिद्ध गरायो । अविश्वासनीय कुरा भएको धेरैले सुरुमा यसलाई अल्भाको चलाखि होला भन्ने ठानेका थिए । धेरै साथीहरुको माझ यो यन्त्रले सर्वप्रथम म्यारीह्याडए लिटिल ल्याम्ब भन्ने गीत गायो । तर अझै परिस्कृत रुपमा भने पछिका वर्षहरुमा मात्रै भयो । जसलाई ग्रामोफोनको नाम दिए ।

एडिसन ‘‘फोनोग्राफ’’ ले पत्रपत्रिकामा प्राथमिकता पायो । धेरैले यसलाई‘‘ उन्नाइसो सताव्दीको अद्भूत आश्चर्य’’ को उपनामले विभूषित गरेका थिए । उनको यो फोनोग्राफ जति स्तरीय थियो त्यति नै सरल पनि । साधारण कलपूर्जाको समिश्रण थियो यो फोनोग्राफ । विज्ञानमा होस् या कलामा, वास्तवमा सरल वस्तुको अविष्कार गर्न सक्नु नै उसको बुद्धिमता हो । डिसेम्बर १५, १८७७ मा उनले फोनोग्राफको पेटेन्ट दर्ता गराएका थिए ।

अफ्रिल १८,१८७८ मा वाशिंटनमा भएको वैज्ञानिकहरुको भेलामा एडिसनले आफ्नो फोनोग्राफलाई प्रस्तुत गरे । यन्त्रलाई सिनेट सम्म पनि पेश गर्ने मौका पाए । उनले यो यन्त्रको सवैतर्फवाट अत्यन्त प्रशम्सा भएको थियो ।

उनको गरीब बाल्यकालको बारेमा पत्रपत्रिकाहरमा लेखहरु छापिन थाले । प्रशिद्ध उपन्यासकार जर्ज बनार्ड शन अल्भाको जीवनवाट प्रभावित भए उनको उपन्यास ‘‘द इरेशनल नट’’ को नायक नै बन्न पुगे । एडिसन अर्थात् नायकलाई उनले एक आविष्कारक तथा अनुसन्धानकर्ताको रुपमा प्रंस्तुत गरे । 
 
एडिसन १८९७८ मा प्रोफेसर जर्ज बार्करको अनुरोभमा एक वैज्ञानिक भ्रमणमा सामेल भए । यो भ्रमण दौरान उनले टाइमिटरको अविष्कार गरे । टाशिमिटरले हरेक मिनेट भएको तापक्रमको विभिन्नतालाई अत्यन्तै सुक्ष्म रुपमा नाप्न सक्दथ्यो । उनले यसै समयमा लाइट बल्बको कल्पना गरे लाइट बल्बको अविश्कार गर्न सकिने कुरा सोच्न थाले । 

सन् १८७९० को नववर्ष  एडिसनको समूहले नव वर्षको उपलक्ष्यमा पार्टीको आयोजना गरेको थियो । सवै हर्षेाल्लासका साथ मेनालो पार्कको प्रयोगशालामा भेला भएका थिए । एडिसन एक्कासी पार्टीवाट गायव भएछन् । वाहिर चकम्मन्न अध्यारो थियो । आल्भाको अत्तो पत्तोसम्म थिएन ।

एकैछिन पूरै मेलालो पार्क उज्वलवित भयो । कस्तो अचम्म राति नि दिउँसै जस्तो । मेनालो पार्कवासीहरु आफ्ना घरबाट वाहिर निस्के । अल्भा नव वर्षको यो उल्लासमय साझँलाई अझ रमाइलो वनाउन चाहन्थे । प्रयोगशाला बाहिर एडिसन दाँजेर बसिरहेका रहेछन् । सवैले उनलाई घेरे । कयौं रात निन्द्रहरु त्यागेर, अथक परिश्रकमा साथ उनले यो सफलता हासिल गर्न सकेका थिए । लाइट बल्बमा सही पता फिलामेन्टको चयनको लागि उनले हजारौं वस्तुहरु प्रयोग गरिसकेका थिए । लाइट बल्वभित्र राखिने ग्यासको निम्ति उनले कैयौं प्रयोग गरिसकेका थिए ।  

लाइट बल्वको आविष्कारले एडिसनलाई एक सर्मद्धशाली बनायो । उनी अमेरिकाका प्रमुख धनी व्यक्तिहरुका दाँजोमा पुग्न सफल भए । 

सन् १८८० मा एडिसन इलेक्ट्रिक लाइटन कम्पनको स्थापना गरे । आफ्ना सफल प्रयोगलाई आफैले उत्पति गरी बचेमा ज्यादा फाइदाजनक रहने उनले विश्वास लिएका थिए ।

एडिसन इलेक्ट्रिक लाइट कम्पनीलाई ठूला ठूलाको ओइरो लाग्यो । अमेरिकाका धेरै शहरहरुमा विधुतिकरण गर्न यसलाई जिम्मा दिइएको थियो । अमेरिकाका धेरै शहरहरुमा विधुतिकरण गर्न यसलाई जिम्मा दिइएको थियो । पुरै व्रिटेनमा समेत विधुतिकरण गर्ने उनको योजना थियो । 

सन् १८७३ देखि १८८३ वीचका दशक वर्ष अर्थात् उनको २६ वर्षदेखि ३६ वर्ष हुन्जेल सम्मको अवधि उनको जीवनमा अत्यन्तै फलदायी मानिन्छ । यस्तै अवधिमा उनले मल्टीप्लेक्स टेलिग्राफ, फोनोग्राफलाइट बल्ब आदि आविश्कार गरेका हुन् । यो समय अल्भाको जीवनमा सर्वाधिक महत्वपूर्ण उर्वर समय थियो । किनकि  अल्भा एडिसनले धेरै अविश्कारहरु यसै समयमा गरेका थिए । सन् १८८२ मै मात्र उनले १४१ पेटेन्ट दर्ता गरेका थिए ।

विविध आविष्कारको संगम स्थल रहेको मेलानो पार्कले धेरै प्रसिद्ध कमायो । टाढा टाढा वाट दर्शकहरु मेलाननो पार्क हेर्न आउँथे । दशर्कको घुइचोले  मेनालो पार्कमा विशेष रेलगाडी र होटलहरुको प्रवन्ध गर्नु परेको थियो । विजुली बत्तीहरु घर सडकमा बल्न थालेका थिए । ग्रामोफोन घरघरमै बज्न थालेका थिए । भनौं, यी आविष्कारले मानिसहरको रहन सहन र जीवनमै नयाँ परिवर्तन ल्याएको थियो ?