images
images

भायानेटले गुड विथ इन्टरनेटमार्फत १५+ परिवारलाई मद्दत गर्यो

पैसाकै अभावमा इन्टरनेट र शिक्षाबाट वञ्चित अन्य परिवारलाई पनि सहयोग गर्ने उद्देश्य
काठमाडौं, 
भायानेट कम्युनिकेसन प्रा. लि.ले आफ्नो कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको गुड विथ इन्टरनेट अभियानयो वर्ष पनि जारी राखेको छ । यो अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीहरूलाई मद्दत गर्ने उद्देश्यले सुरु गरिएको थियो । 
ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक संजाल मार्फत काभ्रेबाट आफ्ना छोराछोरीलाई पढाउन काठमाडौं आएकी प्रतिभा दिदीले महामारीकाकारण अनलाइन गएको समयमा आफ्नो छोरालाई पढाउन नसकेको कुरा लेखेको थियो । उक्त कुरा थाहा पाएपछि भायानेटले प्रतिभा दिदीको परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो । यसरी इन्टरनेट र पठन–पाठनबाट वञ्चित एउटा परिवारलाई गरिएको सहयोग नै गुड विथ इन्टरनेट नामक कर्पोरेट सामाजिक उत्तरदायित्व अभियानमा परिणत भयो । जसले पैसाकै अभावका कारण इन्टरनेट रपठन–पाठनबाट वञ्चित परिवार र उनीहरूका बालबालिकाको शिक्षालाई इन्टरनेट दिएर सहयोग गर्दछ । आजभोलि इन्टरनेट कनेक्टिभिटी अझ व्यापक र सर्व–सुलभबन्दै गइरहेको छ। यद्यपिअझै पनि धेरै बालबालिकाहरू इन्टरनेटकै अभावमा गुणस्तरीय शैक्षिक अवसरहरूबाट वञ्चित छन्। त्यसैले भायानेट आफ्नो क्षमताले भ्याएसम्म धेरै भन्दा धेरै यस्ता परिवारसम्म पुगि सहयोग गर्न चाहन्छ । 
त्यसैले यो अभियानको दोस्रो वर्षमा चक्रपथको सडकमा फिटकिरी बोझो लगायतका जडिबुटी बेचेर आफ्ना चार छोराछोरी पढाउन खोजिरहेकी डल्ली दिदी, कपनमा पानीपुरी बेची आफ्नो छोरा र छोरी पढाइरहेकी अमला दिदी लगायतका १५ विभिन्न परिवारलाई कम्पनीले सहयोग गर्यो ।र 
आगामी वर्षहरूमा कम्पनीले यस्ता धेरै परिवारहरूलाई मद्दत गर्ने योजना बनाएको छ । र तपाईंको गाउँ–समाजमा पनि पैसाकै अभावका कारण कोही इन्टरनेट र पठन–पाठन बाट वञ्चित छन् भने कार्यक्रम साझेदार मार्फत भायानेटमा सम्पर्क गर्न सक्नुहुनेछ । 
आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने उद्देश्यमा अग्रसर भायानेट कम्युनिकेसन्स प्रा. लि. नेपालकै अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायकहरू मध्ये एक हो । नेपालमै पहिलोपटक फाइबर–टू–होम इन्टरनेट र डिजिटल टिभी सुरु गरेको भायानेटका सेवाहरू हाल देशव्यापी रूपमा विस्तार हुँदै छन् ।