images
images

सेनिटरी प्याडको प्रयोगबाट महिलाहरुमाा खुसीको वातावरण

अनलाइन बहस
काठमाडौं, माघ १३
रोटरी क्लब अफ रुद्रमतीद्वारा पर्वत जिल्लाको फलेवास नगरपालिकामा निःशुल्क अर्गानिक सेनिटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ । 
त्यस अवसरमा महिला स्वास्थ्य तथा महिनावारीका बारेमा सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको थियो। आईसीए नेपालको सहजीकरण र मोती सामुदायिक पुस्तकालयको सक्रियतामा सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । 
विगत दुई महनादेखि सञ्चालित महिला उद्यमी तालिम तथा अर्गानिक प्याड उत्पादन तालिम कक्षमा बनाइएका Eco-friendly प्याडहरू फलेबासका सामुदायिक विद्यालयका छात्राहरूलाई वितरण गरिएको छ । 
कार्यक्रममा सरसफाइका अन्य सामाग्रीहरू पनि प्रदान गरिएको थियो। विशेष गरी ग्रामीण समुदायमा पाइएको महिनावारी सम्बन्धी रुढीवादी सोच हटाउने र यसलाई स्वाभाविक रूपमा लिन सक्ने सोच विकासका लागि सो कार्यक्रम आयोजना गरिएको थियो।  कार्यक्रममा पाँचवटा विद्यालयमा महिनावारी (menstruations) को समयमा ध्यान दिनुपर्ने आवश्यकता महसुस गरी महिलाहरूमा महिनावारी सम्बन्धी हुने हिचकीचाहट हटाउन गरिएको यो एउटा प्रयास सार्थक प्रयास थियो। 
तालिममा सहभागी महिलाहरूले सो तालिममा सहभागी भई आफूले बनाएका प्याडहरू वितरण गर्दा र त्यस सम्बन्धी विचारहरू राख्न पाउँदा खुसी देखिनुहुन्थ्यो । तालिमका सहभागी महिलाहरूले यो  तालिम पाएपछि आफूलाई थप केही गर्ने भावना जागृत भएको विचार राख्नुभएको थियो। कार्यक्रम गत बुधबार सम्पन्न भएको हो ।