शिव दाइ ! मेरो प्रिय नाम । पातलो शरीर , चप्पल पड्काउदै क्षणमै फाइल किन्न बजार पुग्थे, क्षणमै घण्टी बजाउन आइपुग्थे, १२ बजे पछि खाजाको तयारीमा जुट्थे, तरकारी बसालेर घण्टी बजाउन जादा कहिलेकाही तरकारी डड्थ्यो होला । खाजाका भाडा माझी सकेसि निर्माणका सामाग्री आयो भनेर शिव दाइ लाइ सिमेन्टको बोरा गन्न भ्याइ नभ्याइ हुन्थ्यो । त्यतीनै बेला मार्करको मसी भरिदिन सरहरुले र्अर्डर गर्नुहुन्थ्यो । दौडेर शिब दाइ त्यो काम गर्न कुदि हाल्थे । छैटौं पिरियड्मा २ कक्षा मा गणित पढाउन पनि भ्याउनु थियो शिबदाइले । ४ बजे पछि सबै हिडथे । शिव दाइ कक्षा कोठा अफिस सफा गर्न दौडन्थे । सायद साझ पर्थ्यो होला घर पुग्दा । बिहानी सत्रको पहिलो कक्षा सबेरै सुरु हुन्थ्यो । शिव दाइ अधेरोमै आइपुग्थे । प्रत्येक कक्षा कोठामा बत्ति सरसफाइ चेक गरि सक्थे । कालो चिया बनाएर थर्मस र गिलास अफिसमा राखि सक्थे । ४ महिनामा तलब थाप्दा शिवदाइको तलब मासिक १५०० पन्ध्र सय थियो । तै पनि खुशीका साथ काम गर्थे । जागिर एकदिन न एकदिन राम्रो हुन्छ भन्ने अपेक्षा राख्दा राख्दै २०७२ सालको भुकम्पमा भाउजू घाइते हुनु भयो । अहिले कम्मर मुनिको भाग चल्दैन । सधैं व्हिल चियरमा बस्ने भाउजुको हेरचाह गर्दै बिधालय मा दिने समयमा कति पनि गुनासो छैन । बिद्यालयले उहाँलाई स्थायी गरेर सन्चयकोष काट्ने ब्यबस्था गरियो। सरकारले कार्यालय सहयोगी को दरबन्दि सिर्जना गरेसि उहाँ स्थायी बाट अस्थायी हुनु भयो । अहिले उहाँ आन्दोलनमा हुनुहुन्छ । उहाँ जस्ता बिधालय कर्मचारी आन्दोलनमा छन् । जो सामुदायिक बिधालयका खम्बा हुन् उहाँहरु नै आन्दोलन मा आउनुको एउटै कारण राज्यबाट भएको बिबेद र अबिबेकि नीति हो । न त न्युनतम पारिश्रमिक छ । न कामको भुमिका र शर्तहरु र्किटान छन । प्र.अ. लाई मन परेन भने, बिब्यस अध्यक्षलाई चित्त बुझेन भने, वडा अध्यक्ष र पालिकाका प्रमुखहरुलाइ नमस्कार गर्न भ्यायनन भने जागिर जाला होस् गर भन्छन् । यस्तै पीडाबाट गुज्रिएको बिधालय कर्मचारी डर र त्रासबाट बाच्न बिबश छन् । केहि बिधालय कर्मचारीले त आत्म हत्या समेत गर सके ।
२०८०/०३/०३ देखि अनिश्चितकालका बिधालय हडतालमा उत्रनु भएको बिधालय कर्मचारीको माग सरकारले सम्बोधन नगर्नुको परिणाम हो । तलब बड्दा ठुलाको बड्छ हाम्रो समाजवादि सरकारको पालामा । गरिखाने बर्ग सडकमा संघर्ष गर्छ । अनशन बस्छ सुनिदैन । किनकि हाम्रो सरकार समाजवादी सरकार हो। अझ कम्युनिस्टको नाम गरेको सरकार । यिनै बिधालय कर्मचारीहरु आन्दोलन गरिरहदा रास्ट्रीय सुरक्षा सल्लाहकार र मुख्य सचीव नियुक्ति गर्न सरकारलाई हतार हतार छ । सरकारको निति तथा कार्यक्रममा कर्मचारीको समस्या हल गरिने भनेर वाचन हुन्छ तर बजेटमा ती ब्यवस्था गायब हुन्छ ।
कार्यालय सहायक खरिदारको पद हो भन्ने नीतिनिर्माताहरु लाइ थाहा छ तर तलब खरिदारको पद बराबर दिनु पर्छ भन्ने बिर्सन्छ हाम्रो अर्थ मन्त्रालय । यस्तै पिडाले गरिखाने बर्ग आन्दोलित छ तर सरकार गणतन्त्रको खिल्ली उड्ने गरि मौन छ मानौँ कि यीनी हरु अर्कै देशका नागरिक हुन् र आन्दोलनको माग पनि अर्कै देशले पुरा गर्छ ।
समस्याको समाधान कसरी सम्भव छरु
१) तत्काल वार्ता गरि बिधालय बन्द हुन बाट जोगाउनु पर्छ । बिधालय शान्ती क्षेत्र हो। बालबालिकाको शिक्षा पाउने अधिकार छ । त्यो अधिकारको संरक्षण गर्नु राज्यको कर्तब्य हो ।
२) पद र काम अनुसार बेतनको ब्यवस्था गर्नु पर्छ । उहि पदमा काम गर्ने लाई फरक बेतन दिनु भनेको शोषण हो । सरकार आफैले गरिखाने बर्गलाई शोषण गर्नु लोकतान्त्रिक गणतन्त्रको बेइज्जत हो ।
३) कसैलाई मन लाग्ने बित्तिकै जागीर चट हुने परिवेशको अन्त गर्ने । पेशागत सुरक्षा र संरक्षण गर्न स्थानिय सरकारको भुमिका प्रष्ट पारौं । बरु नतिजामा आधारित कार्य सम्पादन करार सम्झौता गर्ने र पेशा प्रति थप उत्तरदायि बनाउने बाताबरण सिर्जना गरौं ।
४) बिज्ञान र प्रबिधिमा बिधालय कर्मचारीलाई तालिम प्राप्त बनाउनु पर्छ जसले गर्दा ठुलो काम पनि थोरै समय र मिहेनतमा सप्पन्न गर्न सक्दछन ।
५) सामाजिक सुरक्षा कोशमा बिद्यालय कर्मचारिलाइ समावेश हुन ।
सरकार ,बास्तबिक श्रम जिवी बर्गको पिडा बुझेर समस्याको हल खोजि गणतन्त्रको अनुभुती प्रदान गरियोस् । गणतन्त्रमा काम गरिखाने बर्ग मर्नु हुदैन सरकार !