युवा वर्ग भन्नाले जोसिलो जागरिलो तथा जोखिम धैरै उठाउन सक्ने समूह भन्ने बुझिन्छ । युवा वर्ग भन्नाले सामान्यतया १८ देखि ४० वर्षको उमेर समुह लाई मानिन्छ । उद्यमशिलता आर्थिक विकासको मेरुदण्ड हो, । जसले समस्या लाई समस्याको रुपमा नहेरी अवसरको रूपमा र्हेछ । उद्यमशिलता एउटा तरिका हो जसमा आवश्यक समय र शक्तिको प्रयोग गरिनुका साथै खतरा जोगिम के छ त भन्ने कुरा पनि अनुमान गरिन्छ ।
नेपालको पृष्ठभूमिमा हेर्ने हो भने ४०% युवा छन्, जसमध्ये वैदेशिक रोजगारमा जानेको सङ्ख्या त कुरै नगरौँ । वैदेशिक रोजगार विभागका अनुसार दैनिक ३००० युवा वैदेशिने गर्छन्। यो प्रवृति केही दशक देखी नेपालमा प्रचलित छ । नेपालका गाँउहरुमा युवाको सङ्ख्या निकै कम हुदै गइ रहेको छ।युवाहरु जसोतसो गाँउमा माध्यमिक शिक्षा एस.इ.इ हासिल गर्न सम्म वस्छन् । त्यसपछि सहर पस्छन् । उच्च माध्यमिक शिक्षा (+२) पास गरी वैदेशिक रोजगारका नाममा विदेशिन्छन । नेपालमा यस किसिमको प्रवृति बनिसक्यो एस.इ.इ पछि गाउ छोड, +२ पछि देश।
पढाई अनुसार रोजगरीको कमी दक्षताको कमी, उधमशीलतापूर्ण वातावरणको कमी, उद्यमशिलता बारे कम जानकारी, सामाजिक तथा पारिवारिक दवाव जस्ता कारणहरु पर्छन जसले गर्दा युवा वैदेशिक रोजगारिमा जान वाध्य छन् । युवा विदेशिने सङ्ख्या बढ्दै जाने हो भने देशमा रेमिट्यान्सले पैसा त आउछ तर यसको प्रभावले देश को भबिश्य लाई कता तिर डोराइ रहेछ। देशका युवा वर्ग जति वेदिशिएर देशको स्रोत र साधनलाई प्रयोग गरि देश बन्छ । हामीले स–साना नानी वावुहरु जसले हामीलाई हेरेर हुर्किरहेका हुन्छन् उनिहरुलाई के सन्देश दिन्छौँ । देश त छोड्न पर्ने रहेछ वा देशम बसी काम गर्न सकिन्छ भन्ने मार्गदशन ? केही महिना अघिको कुरा हो जब म बिदाको दिन छिमेकी काकीको १२ वर्षको छोरी सँग खाज खादै वहिनीको नाटकिय हाउभाउलाई अवलोकन गर्दै थिए। उन्को नाटक गर्ने कला पनि राम्रो थियो। यतिकैमा मलाई नानी तिमी ठूलो भएर के गर्छौं सोध्न मन लाग्यो र सोधे पनि उनले जवाफ दिइन अस्ट्रिलया जाने भाडा माज्नको लागी नेपाल सानो देश गरिब देशमा के वस्नु भनि, म निशब्द भए । सानो देश गरिब देश भन्ने शब्दले सानी नानीमा ठुलो समेत प्रभाव परेको देखियो । के हाम्रो देश सानो हो त ? हामी हाम्रो देशको क्षेत्रफलका आधारमा सानो होइन, सांयद हाम्रो सोच नै भयो कि? सायद हामीले हाम्रो देशमा भएको स्रोत साधन लाई लिएर गर्भ मात्र गरिराख्यौँ
कि ? सानै देखि सुन्दै आएको नेपाल स्रोत र साधनले भरिपूर्ण देश हो तर पनि किन दिनानुदिन बढ़्दै छन युवा विदेशिने सङ्ख्या ?
युवा उद्यमशिलता नाम लिएर देशमा धेरै अभियानहरु आए जसमा उद्यमशिलताको विचारलाई साटासाट गर्ने सानो व्यावसाय सञ्चालन गर्न पाउने अवसरहरू पनि छन् । सीप, शिक्षा, तालिम उद्यशिलता जस्ता अन्य अवसरहरु पनि अक्सर सिर्जना गर्दै आएका छन । युवाहरूमा पनि यसको प्रभ्राव राम्रो देखिन्छ, जसले सफल युवा उद्यमीहरू निकाल्दै आएको छ । युवा उद्यमी फोरम जस्ता सरकारी तथा गैर सरकारी संस्थाहरूले उद्यमशिलताको क्षेत्रमा सार्क ट्याक, आइटिया स्टूटीयो जस्ता युवा उद्यमी बनाउने कामहरू गर्दै आइरहेको छ । युवा उद्यमीको विचार लिई यदि त्यो विचार समाजको समस्या सुधार, आर्थिक उन्न्ति गर्छ भन्ने यस्ता विचारहरुलाई स्वागत गरी सक्दो आर्थिक सहयोग तथा लगानीकर्ता सँग जोडिदिने काम गर्नुपर्छ । युवालाई उद्यमशिलतामा जोड़ि आर्थिक विकासको मेरुदण्डलाई अझै बलियो बनाउन सक्छौ ।
युवालाई उद्यमशिलतामा जोड़न हाम्रो परिवार, समाज सङ्घसंस्थाको पनि ठूलो भूमिका छ । हाम्री हाम्रो परिवार, समाज कै त नतिजा हौ। नेपालको परिवेसमा हेने हो भने परिवारले पनि युवालाई विदेसिन प्रभाव पारिरहेको छ । छोरा/छोरी विदेसिए बाबु आमा पनि जसोतसो भए पनि ऋण खोज्छन् ,चाहे त्यो किन घर जग्गा धितो नपरोस । तर यदि त्यहि पैसा नेपाल बसेर केही गर्छु भन्यो भने उनिहरूको खु्टा काम्छ । यदि छोरा/छोरी सानो तिनो काम किन नगरुन, नेपाल बसेर के गर्छस भनि भन्न थाल्छन् , यहाँ बसेर बिग्रिस जा बरु विदेश, खडी मुलुक नै भए पनि भन्ने जस्तो प्रतिक्रिया दिन्छन।
युवालाई उद्यमशिलतामा जोडियो भने देशको जनशक्ति देश मै प्रयोग हुन्छ । देशको आर्थिक, सामाजिक हक उन्नतिका लागि युवाहरुलाई उद्यमशिलतामा जोडि देशलाई सुखी र समृद्ध बनाउन सकिन्छ । नेपालमा यस्ता प्रयास नभएका होइनन, बैंक तथा संस्थाले पनि वित्तीय स्नातक तह उत्तिर्ण गरेका विद्याथीलाई ७ लाख ऋण दिने नियम ल्याएको छ । नेपालमा स्टार्ट–अप भनेर धेरै संस्था हरुले युवाको विचार विमर्शलाई लीइ प्रयोग गर्दै आइरहेका छन । यहाँ अवसर साथसाथै चुनौती पनि छन , अब नेतृत्व गर्ने पालो पालो युवाको हो । यसको लागि युवाहरु उद्यमशीलतामा आउन अत्यावश्यक छ।