काठमाडौँ, असार २७
अन्तर्राष्ट्रिय गणित प्रतियोगिता २०२३ को अनरेबल मेन्सन उपाधि नेपालकी स्विकृती आचार्यले जितेकी छिन्।
जापानको चिबामा जुलाई ३ देखि १३ गतेसम्म भएको अन्तर्राष्ट्रिय गणित प्रतियोगिताको अनरेबल मेन्सन उपाधि आचार्यले जितेकी हुन् । विश्व प्रतियोगितामा ११२ देशको सहभागीता थियो। प्रतियोगितामा नेपालबाट छनोट भएका ६ जना विद्यार्थीले पनि भाग लिएका थिए।
प्रतियोगितामा सहभागी हुन नेपाल गणित संघ (म्यान) का महासचिव सनतकुमार आचार्य,कोषाध्यक्ष छवि ढुंगानाको नेतृत्वमा नेपाली टोली चिबा पुगेको थिए।