काठमाडौँ : अघिल्लो दिन उच्च अंकले बढेको नेप्सेमा साताको चौंथो कारोबार दिन आज बुधबार भने झिनो अंकले सुधार आएको छ । नेप्से आज चार दशमलव ८९ अंकले बढेर दुई हजार ५० दशमलव ५९ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ९७ अंकले बढेर तीन सय ९२ दशमलव ५० अंकमा पुगेको छ । दुई सय १५ वटा कम्पनीहरुको २९ हजार ८६ पटकको कारोबारमा ४१ लाख ३३ हजार सात सय नौं कित्ता सेयर किनबेच हुंदा आज कारोबार रकम एक अर्ब ७३ करोड १८ लाख ३२ हजार दुई सय ७० रुपैंयाँ पुगेको छ ।
१३ वटा समुहको कारोबार हुंदा पाँच वटा समुहले गुमाएका छन् भने आठ वटा समुहले कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ६२ अंकले घटेर १३ सय ७९ दशमलव ७१ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि २८ दशमलव २२ अंकले घटेर नौं हजार आठ सय ७२ दशमलव ४४ अंकमा पुगेको छ । यि बाहेक जलदबिद्युत, टे«डिङ र होटल समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
बिकास बैंक समुहको सुचक भने पाँच दशमलव ३५ अंकले बढेर तीन हजार पाँँच सय ८० दशमलव नौं अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ५६ दशमलव १९ अंकले बढेर आठ हजार दुई सय १६ दशमलव ६३ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मल्टीपर्पोस फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लक्ष्मी इक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।