images
images

साउथ वेस्टर्नले विज्ञान प्रदर्शनी गर्दै 

काठमाडौँ, माघ २४ । 
विज्ञान, प्रविधि र व्यवस्थापनका क्षेत्रमा उपलब्ध नयाँ जानकारी एवं मुलुक भित्रको मौलिक साधन स्रोतहरूलाई अत्यधिक सदुपयोग गरी विकास गरिएका नयाँ– नयाँ प्रविधिका वारेमा जानकारी दिने उद्देश्यले "11th Southwestern Science Exhibition and Career in Management -2023" आयोजना गर्न लागिएको हो । 
साउथ वेस्टर्न स्टेट कलेज [Southwestern State college] ले आयोजन गर्न गइरहेको यस प्रदर्शनीमा उपत्यकाभित्रका विद्यालय, कलेज, विज्ञान र व्यवस्थापनसँग सम्बन्धित अनुसन्धान केन्द्रहरू, अमेरिकन राजदुत लगायतका राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्था लगायत जबट्रेनिङ्ग सेन्टरहरू गरी करिब ५० भन्दा बढी स्टलहरू रहने सो प्रदर्शनीमा विद्यार्थी, शिक्षक, तथा अभिभावक लगायत अन्य विशिष्ट व्यक्तिहरू गरी २५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
यस विज्ञान प्रदर्शनीबाट नेपाली विद्यार्थीहरुले विज्ञान र प्रविधिका क्षेत्रमा गरेका नयाँ आविष्कार, सफलता र तिनको उपयोगिता, अनुसन्धानबाट पत्ता लागेका ताजा जानकारीहरू, विद्यालय एवं कलेजहरूको शैक्षिक प्रणाली रोजगारीमूलक सूचना छात्रवृत्ति लगायतका विषयमा जानकारी पाउन सकिने छ । साथै युवाहरूमा देखिएको विज्ञानप्रतिको रुचि कागज र कलमको भरमा परिरहेको शिक्षालाई सो प्रदर्शनीले व्यवहारिक ज्ञान थप्न मद्वत पुर्याउने आशा गरिएको छ ।
२०७९ माघ २६ र २७ गते दुई दिनसम्म सञ्चालन हुने यो प्रदर्शनीमा विभिन्न क्रियाकलापहरू Inter- College Science Exhibition & Competition, Intra- College Science Exhibition & Competition, Inter-School Science Exhibition & Competition, Maze Solving Robot Competition and Aquabot Competition, Medical Checkup, Blood donation program, Eye Checkup Camp, Free Dental Checkup, Voting system by observers, and Solar Observation, Blood donation   जस्ता क्रियाकलापहरू प्रदर्शनीका मुख्य आकर्षणहरू हुनेछन् । 
विज्ञान तथा प्रविधि क्षेत्रको विकास गर्नको लागि ठुलो सहयोग पुग्ने अपेक्षा कलेज प्रमुख डा. राजेन्द्र के सीले राख्नु भएको छ । उहाँले भन्नुभएको छ, ‘विगतका वर्षहरूमा सो प्रदर्शनीको समुद्घाटन तथा समापन समारोहमा सम्माननीय र नन्दबहादुर पुन तथा उपराष्ट्रपति परमानन्द झा, माननीय उपप्रधानमन्त्री तथा मन्त्रीज्यूहरूको उपस्थितिले सहभागी विद्यार्थीहरू उत्साहित भई अझ यस क्षेत्रमा लाग्ने प्रेरणा मिलेको कुरा यहाँमा जानकारी गराउन चाहन्छु ।’ 
विज्ञान, प्रविधि एवं व्यवस्थापनका क्षेत्रमा क्रियाशील संस्थालाई आ–आफ्नो शैक्षिक एवं अनुसन्धानमूलक क्रियाकलापबारे जानकारी दिन र लिन चाहने विद्यार्थी एवं जो कोही सर्वसाधारणका लागि पनि यो प्रदर्शनी एउटा साझा शैक्षिक मञ्च हुने अपेक्षा गरिएको छ ।