images
images

वागेश्वरी मन्दिरमा सरस्वतीको मन्दिर

 काठमाडौँ, २५ साउन रासस
 समाजसेवी हितबहादुर प्याकुर्याल ‘धर्म’ले वागेश्वरी मावि नुवाकोटका लागि सरस्वतीदेवीको मन्दिर   पुनःनिर्माण गराइदिनुभएको छ । 

 विद्यालयका पूर्वप्रधानाध्यापक प्याकुर्यालले रु पाँच लाखको लागतमा पक्की मन्दिर     बनाइदिनुभएको हो । उहाँले सूर्यगढी–३ चोकदेस्थित मन्दिरमा देवीको मूर्ति पनि प्रतिस्थापन   गरिदिनाका साथै फलफूल वाटिका पनि निर्माण गरिदिनुभएको छ । 

 धिवक्ता र राजनीतिकर्मी पनि रहनुभएका प्याकुर्यालले विसं २०२२ मा आफ्नो निजी जग्गामा   विद्यालय र पुस्तकालय भवन बनाउनाका साथै १४ वर्षसम्म निःशुल्क अध्यापन गर्नुभएको थियो ।