images
images

चिनियाँ नेता लिउले आज प्रचण्डसँग भेट्दै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ - आइतबार नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन्। 

त्यसअघि चिनियाँ पाहुना टोली साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित बीपी संग्रहालयको अवलोकनमा जाने कार्यक्रम छ। त्यहाँबाट फर्केपछि उक्त टोली शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनेछ।

अपरान्ह ४ बजेदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होटल सोल्टीमा सो टोलीले भेटवार्ता गर्नेछ। त्यसपछि सोही होटलमा चिनियाँ पाहुनाको सम्मानमा माओवादी अध्यक्षले रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ। जियान्चाओले आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेका थिए।