पुनर्जीवित गर्ने कृषि भन्नाले माटो र पारिस्थितिक स्वास्थ्यलाई पुनस्थापना गर्ने, असमानतालाई सम्बोधन गरी भावी पुस्ताको लागि हाम्रो जमीन, पानी र जलवायु राम्रो अवस्थामा छाडने तरिका हो । पुनर्जीवित गर्ने किसानले माटोको गुणस्तरलाई खलबलाउदैनन् । ठूलो मात्रामा विषादी प्रयोग गर्दैनन् । भिन्न भिन्न बाली लगाउछन् । एउटै बाली लगाउनुको सट्टा खेतलाई चरणको लागि छाडियो भने माटो स्वस्थ्य हुन्छ । यो कृषि प्रणालीले माटोको उब्जाउपन बढाउछ । बालीमा जनावरको मल र कम्पोष्ट मल हालिएको हुनु पर्छ । जसले गर्दा माटोको शुक्ष्म जीवाणु जम्मा हुन्छ र पोषण दिन्छ । स्वस्थ्य माटोले हावाबाट कार्वनडाइ अक्साइड सोस्छ । जुन जलवायु संकट कम गर्न मद्दत गर्छ । स्वस्थ्य माटोमा ठूलो संख्यामा विविध शुक्ष्म जीवाणु हुन्छन जुन माटोमा विरुवाहरुले पाउँछन । फोटोसीनथेसीसबाट बिरुवाले कार्वन लिन्छ जुन बिरुवा बढन चाहिन्छ । बढी भएको कार्वन माटोमा मिल्छ जुन जैविक हुन्छ । यो कार्वनले माटोमा भएको ढुसी र धेरै किसिमको शुक्ष्म जीवाणुलाई खुवाउँछ । जसले बिरुवालाई आवश्यक पोषण तत्वको आपूर्ति गर्छ ।
पुनर्जीवित गर्ने कृषि अपनायो भने कृषिजन्य बस्तुहरुको मागको बृद्धिमा कमी, कृषिजन्य जमीनमा बृद्धि नगरिकन खाद्य उत्पादनमा बृद्धि, पारिस्थितिक प्रणालीको संरक्षण, माछा आपूर्तिमा बृद्धि र कृषिजन्य उत्पादनबाट हरित गृह ग्यास उत्सर्जनमा कमी आउछ । पोषणयुक्त गुणस्तरीय बाली र तिनको सुरक्षालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपले धेरै तत्वहरुले असर गर्छ जस्तो माटोमा प्राप्त पोषण र जैविक बस्तु, हावापानी, बाली लगाए पछिको जम्मा गर्ने तरिका, मलखादको प्रयोग र अन्य व्यवस्थापन अभ्यासहरु । यो कृषिले पोषण सहितको स्वस्थ्य बाली उब्जाउन मद्दत गर्छ ।
पुनर्जीवित गर्ने कृषि एउटा नतिजामा आधारित खाद्य उत्पादन हो जसले माटोको स्वास्थ्यलाई पालनपोषण र पुन स्थापित गर्छ । यसले जलवायु, पानीको श्रोतहरु र जैविक विविधताको संरक्षण गर्छ र कृषकको उत्पादकत्व र नाफामा बृद्धि गर्छ । पुनजीवित गर्ने कृषि दिगो कृषि प्रविधिको संयोजन हो । पुनजीवित गर्ने कृषि अन्तरगत बाली लगाउने तरिका, रोटेशनल चरण, मिश्रित बाली रोटेसन, कभर बालीहरु, कम्पोष्ट तथा मल हाल्ने कामहरु हुन्छ । जैविक माटोमा नाइट्रोजन, फोसफोरस, जिङ्क, सलफर, मोलीबडेनुम तत्वहरु पाइन्छ । परम्परागत खेतीमा आधारित फार्मीङले भूक्षय र क्षरणलाई प्रोत्साहित गर्छ र बिरुवाको पोषण तत्व घटाएर उत्पादकत्व घटाउछ ।
किन पुनर्जीवित गर्ने कृषि
पारिस्थितिक फाइदाहरु
माटोको स्वस्थ्य र उब्जाउमा बृद्धि ल्याउछ । जसले स्वस्थ्य पानी, पोषण र कार्वन साइकलको जगको रुपमा काम गर्छ । परिणाम स्वरुप स्वास्थ्य बाली उत्पादनमा बृद्धि, सुधारिएको माटो, जिवन्त शुक्ष्म जीवी समुदायहरु पर्छन ।
१. सम्बृद्ध बिरुवा, चराचुरुङ्गी र किराफटयाङराको जनसंख्यालाई समेटेर जमीन, हावा र पानीको जैविक विविधतामा बृद्धि ल्याउछ
२. माटोको क्षयलाई घटाउछ
३. रसायन मिसिएको पानी प्रदुषणमा कमी ल्याउछ
४. माटोमा पुनर्जीवित गर्ने कृषिले पानी समात्ने क्षमतामा सुधार ल्याउछ
व्यत्तिगत र क्षेत्रिय अर्थिक फाइदाहरुः
१. एन्टीवायोटीक केमीकल मलहरु हर्वीसाइडस र पेष्टीसाइडस को प्रयोगमा कमी ल्याएर लागत बचाउन सकिन्छ ।
२. विविध आय प्रवाहबाट ठूलो वित्तिय सुरक्षा हुन्छ ।
३. स्थानिय रोजगारी र स्वस्थ्य खाद्य छनोट हुनाले ग्रामिण आर्थिक विकाशको प्रवद्र्धन हुन्छ ।
सामुदायीक फाइदाहरु
१. उत्पादकहरुको सन्जालबाट सूचना साटासाट गर्छन र एक अर्काबाट सिक्छन र समुदायको निर्माण गर्छन ।
२. खेत तथा गाइबस्तु पाल्ने ठाउँ हेरी किसानहरुको बजार सन्जालले उपभोत्ता र तिनीहरुको खाद्य बस्तु बिच बलियो सम्बन्ध बनाइ राख्छ त्यसैले किसान र गाईबस्तु पाल्ने मानिसलाई सहयोग गर्छ ।
मानसिक र शारिरिक स्वास्थ्यलाई फाइदाहरु
१. यो कृषि पेशा अगाल्ने कृषक तथा गाई बस्तु पाल्ने मानिसहरुले उनीहरुको पेशाबाट आनन्दको अनुभव गरेको कुरा व्यत्त गरेका छन् ।
२. हानीकारक केमीकलको कम प्रयोगबाट किसानहरु, खेत मजदुरहरु र पुरै समाजको स्वस्थ्यलाई फाइदा पु¥याउछ ।
यसले कसरी काम गर्छ ?
यो कृषिले जमीनलाई हानी नपुऱ्याई उन्नत गर्छ । माटो र वातावरणलाई पूनस्थापित र पूनउत्पन्न गर्छ । पुनर्जीवित गर्ने कृषिले माटो स्वस्थ्य बनाउछ । उच्च गुणस्तरीय बस्तुहरु उत्पादन गर्न सक्छ र पोषणयुत्त खाना पस्किन सक्छ । जमीनलाई हानी नपुऱ्याई उत्पादनशिल खेती र स्वास्थ्य समाज र अर्थतन्त्रलाई अघी बढाउछ । दिगो कृषि र जैविक कृषि अभ्यासलाई समावेस गर्ने यो एउटा गतिशिल र समग्र प्रकृया हो । पुनर्जीवित गर्ने कृषिको प्रविधिहरु निम्न छन् । कभर बाली, संवेदनशिल रोटेशनल चरण, खेतलाई त्यसै छाडिदिने (नो टील फार्मीङ) कमपोष्टिङ, पेष्टिसाइडसको प्रयोगमा कमी,
कृषि वन, बफरको संरक्षण
पुनर्जीवित गर्ने कृषि र जलवायु परिवर्तन
माटोमा कार्वनलाई छुट्याएर पुनर्जीवित गर्ने कृषिले जलवायु संकटलाई उदृत गर्छ । कृषि गर्ने स्थान र स्थानीय समाजलाई अनुकूल बनाउछ । वास्तवमा प्राकृतिक जलवायु समाधानमा कृषि र गाईबस्तु पाल्ने कामले महत्वपूर्ण भूमिका खेल्छ ।
१. जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न माटोको स्वास्थ्यलाई उन्नत पार्नु
२. जलवायु अनुकूलन बनाउन बढावा दिनु
३. कृषिबाट जीवाश्म इन्धन भेट्टाउनु
४. कृषिमा हरित गृह ग्यास उत्सर्जन घटाउनु
५. खाद्य उत्पादनमा बृद्धि गर्नु र कृषियोग्य जमीन जोगाउनु
६. प्रकृतिक पारिस्थितिक प्रणालीलाई बचाउनु र पूनस्थापन गर्नु
पुनर्जीवित गर्ने कृषि को लक्ष्यहरु
१. संसारको जनसंख्याको लागि प्रशस्त पोषणयुक्त खाना उत्पादन गर्नु
२. माटोमा कार्बनलाई अलग गरेर र हरित गृह ग्यास उत्सर्जनमा कमी ल्याएर जलवायु परिवर्तनमा न्यूनीकरण गर्न सहयोग गर्ने
३. ्जैविक विविधतालाई धम्की दिने कुराहरुलाई पुनस्थापन गर्नु र प्रकृतिक बासस्थानलाई बढाउने
४. बिद्यमान कृषिजन्य भूमीको उत्पादकत्वमा बृद्धि गरेर जंगल फडानी र घाँसे जमीन घटनबाट बचाउने
५. किसानको जीवन अवस्थामा सुधार ल्याउने
पुनर्जीवित गर्ने कृषिको सिद्धान्त र अभ्यासहरु
माटोको खलबललाई कमी गर्ने:
१. एउटा बाली भित्रयाए पछि अर्को बाली लगाउने । कहिले नगदे बाली र कहिले कभर बाली जसले माटोको भूक्षयलाई रोक्छ र कार्वन आगतलाई बढाउछ
२. समय र ठाउँ अनुसार बालीमा बिबिधीकरण गर्ने जसले लचकता, उत्पादकत्व र विविधता बृद्धि गर्न सहयोग गर्छ ।
बिगार्ने बस्तुको संक्रमणमा कमी ल्याउछ र माटोमा पोषणयुत्त राम्रो सुक्ष्म जीवाणु मौलाउछ । विभिन्न बिरुवामा मल पनि हाल्नु पर्दैन ।
जैविक र केमिकल आगत अनुकूलन ढंगले लागू गर्ने
१. जैविक र केमिकल आगतमा कमी ल्याउनु, केमीकल मल भन्दा जैविक मल प्रयोगमा जोड दिने
२. पशुधनलाई सकेसम्म एकिकृत गर्नुः पशुधनले माटोको स्वस्थ्यलाई सदगुणी बनाउन सहयोग गर्छ
३. व्यवस्थित चरणः गाई, बख्रा, भेडा, कुखुरा र सुँगुरले जहाँ हिड्छन त्यो जमीन उर्बर ह्ुन्छ । उनीहरुको मलबाट जैविक तत्व (बिरुवामा) प्राप्त हुन्छ । माटोको संरचनामा पनि विकाश हुन्छ ।
पुनर्जीवित गर्ने कृषिलाई कसरी सहयोग गर्ने
१. पुनर्जीवित गर्ने कृषिमा लगानी गर्ने
२. घरमा पुनर्जीवित गर्ने कृषिको लागि तिमीले के गर्न सक्छौ जस्तो माटोको लागि आवाज उठाउनुहोस
३. किसान र गाईबस्तु हेर्नेसंग कुरा गर्नुहोस
४. घरमा कम्पोष्ट बनाउनुहोस
५. पुनर्जीवित गर्ने कृषिको ग्राहक बन्नुहोस
६. आफनो खाना आफैं उमार्नुहोस चाहे जत्रो खेत होस ।
पुनरुत्पादक खेती भनेको प्रकृति र जलवायुलाई सकारात्मक प्रभाव पार्ने उत्तम दिगो अभ्यासहरु अपनाउनको लागि व्यवस्थित दृष्टिकोण हो । यो ग्रहको स्रोतहरुको कम प्रयोग गर्दा बढी खाना उत्पादन गर्ने कुरासंग सम्बन्धित छ । हामीले हरित गृह ग्यास उत्सर्जनमा कटौती गर्न र विश्वलाई खुवाउन आवश्यक उपज र बालीको गुणस्तर प्रदान गर्दै तिनीहरुको माटोको रक्षा गर्न किसानहरुलाई सहयोग गर्न आवश्यक छ । हालआएर जलवायु परिवर्तन, जंगल फडानी, जैविक विविधतामा नोक्सानी, भोकमरी र मोटोपनमा खानेकुरा (खाद्य) नै मुख्य योगदान दिने पक्ष हो । जबकि खानेकुरा खेर गइरहेको छ । हाम्रो खाद्य प्रणाली जलवायु परिवर्तन वा संङ्कटको प्रभावसंग लचिलो छैन । जुन परम्परागत,हानिकारक खेती अभ्यासहरुका कारण धेरै कम प्रकारका बालीहरुमा अत्यधिक निर्भरतासंग जोडिएको छ ।
संसार भरमा पुनरुत्पादक खेतीको गति बढिरहेको छ । कम्पोष्ट र कभर बालीहरु प्रयोग गर्ने र कृषि रसायनहरुको प्रयोग कम गर्ने जस्ता मुख्य अभ्यासहरुले मानिसहरु र प्रकृतिलाई सकारात्मक फाइदाहरु प्रदान गर्छ । पुनरुत्पादक खेती एक शत्तिशाली जलवायु परिवर्तन समाधान हो जसले किसानहरुको भूमीसंगको सम्बन्धलाई परिवर्तन गर्नसक्छ । यसका अभ्यासहरु किसानहरुले आफनो कृषि प्रविधिहरु परिवर्तन गरेर थप दिगो विधिहरु अपनाउनु पर्छ । स्वस्थ माटो र उर्वर समृद्ध कृषि इकोसीस्टमहरु निर्माण गर्न यस दृष्टिकोणले कृषि बन र राम्रोसंग व्यवस्थित चरण जस्ता अभ्यासहरुको दायरा समावेस गर्दछ । यी अभ्यासहरुका फाइदाहरुमा धनी माटो, स्वथ्य पानी प्रणाली, बढदो जैबिक विविधता, जलवायु परिवर्तनमा लचिलोपन र बलियो कृषि समुदायहरु समावेस छन ।
पुनर्जन्मशील कृषि एक समग्र भूमि व्यवस्थापन अभ्यास हो जसले कार्बन चक्र बन्द गर्न र मागेको स्वस्थ्य बाली, लचिलोपन र पोषक तत्वको घनत्व निर्माण गर्न बोटबिरुवाहरुमा प्रकाश सश्लेषणको शत्तिको लाभ उठाउन मद्दत गर्छ । माटोको जैविक पदार्थ बढाउने अभ्यास मार्फत पुनर्जीवित गर्ने कृषिले माटोको स्वास्थ्यमा सुधार गर्छ । यसले माटोको बायोटा विविधता र स्वास्थ्य बढाउन मात्र मद्दत गर्दैन माटोको सतहको माथि र मुनी जैविक विविधता बढाउछ जबकि पानी धारण गर्ने क्षमता बढाउछ र कार्बनलाई बढी गहिराइमा पृथक गर्छ । यसरी वायुमण्डलीय सीओटु को जलवायु हानिकारक स्तरहरु घटाउछ र माटोमा सुधार गर्छ । उत्थानशील कृषिले जलवायु परिवर्तनको प्रतिरोध गर्दछ र माटोको जैविक पदार्थ र जैविक विविधताको पुनस्थापनको साथै वायुमण्डलीय कार्बन घटाएर खाद्य सुरक्षालाई बढावा दिन्छ । यो एक विकसित समग्र प्रकृतिमा आधारित दृष्टिकोण हो जसले खाद्य उत्पादन र किसानको आय बढाउछ । वैज्ञानिकहरुले चतावनी दिएका छन कि यदि कार्वनको क्षति, क्षरण, मरभूमीकरण र रसायनीक प्रदुषणको माध्यमबाट माटोको क्षति जारी रहयोभने सभ्यताले केही दशकहरुमा गम्भीर खतराको सामना गर्नेछ ।
बढदो जनसंख्यालाई खुवाउन, जलवायु परिवर्तन र चरम मौसमलाई सिमित गर्न र जैविक विविधताको ह्रास रोक्न हामीले ग्रह वरपरका खेतवारीहरु पुन उत्पन्न गर्नु पर्छ । भारतको अरण्य भन्ने संस्थाले पर्माकल्चर डिजाइनका साथै जलाधार र माटो व्यवस्थापन, रुखमा आधारित खेती, विविध फसल, पशु एकीकरण र बीउ वचतमा केन्द्रित समुदायमा आधारित परियोजनाहरु संचालन गर्दछ । नेपालको कमला फाउण्डेसन नेपालमा सन २००५ देखि पुनरुत्थानशील कृषि, सामुदायिक विकास र पारिस्थिक पुनस्थापनाका क्षेत्रमा काम गरिरहेको गैर नाफा मुखी संस्था हो । वान अर्थले नवीकरणीय उर्जा, वातावरण संरक्षण र पुनर्जीवित गर्ने कृषिको क्षेत्रमा काम गरिरहेको छ । एग्रोइकोलोजीकल कृषिलाई बढाउने, जलवायु अनुकूलन तथा न्यूनीकरणलाई स्तरिय बनाउने, महिलालाई शशक्तीकरण गर्ने, परिवारको आर्थिक तथा पोषणसंग सम्बन्धित सुरक्षाको उन्नती गर्ने कामहरु गर्छ । एफएओ नेपालले सन १९७७ देखि नेपाल सरकारसंग घनिष्ट समन्वय र सहकार्यमा कृषि विकास, खाद्य र पोषण सुरक्षा हाँसिल गर्न, ग्रामिण किसान समुदायको जीवनस्तर उकास्न र नीतिगत सहयोग मार्फत दिगो प्राकृतिक स्रोत व्यवस्थापनलाई प्रवद्र्धन गर्ने, संस्थागत सुदृढीकरण गर्ने उद्देश्यले काम गरिरहेको छ ।