काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रोपाईंका बेला किसानलाई मल दिन नसकेको भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् ।
आइतबार पार्टीको किसान संगठन अखिल नेपाल किसान महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले रोपाईंका बेला किसानलाई मल दिन नसक्ने मन्त्रीको अर्थ नहुने भन्दै राजीनामा दिनुपर्ने बताए ।
‘कृषिमन्त्रीले तत्काल राजीनामा गर्नुपर्छ के हेरेर बसेको ?’, उनले भने, ‘झण्डा हल्लाउ भनेर मन्त्री बनाएको कि किसानलाई मल बिउ देउ भनेर बनाएको ?’ ‘पिर्कामा सलामी खान मन्त्री बनाएको हो ?