images
images

फेरि बढ्यो लामो दूरीमा सार्वजनिक यातायातको भाडा, कहाँको कति ?

काठमाडौँ - सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । नेपाल आयल निगमले इन्धनको मूल्यमा एकैपटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको छ । विभागका अनुसार बढेको भाडा भोलि (बुधबार) बाटै लागु हुने छ ।

इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारीको हकमा ३.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहकको हकमा ४.६ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहकमा ५.१ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

यस्तै २५ किमि देखि २५० किमि प्रति व्यक्ति २ रुपैयाँ ७६ पैसा रहेकोमा अब २ रुपैयाँ ८३ पैसा भाडादर कायम गरिएको विभागले जनाएको छ । विभागले काठमाडौं-पोखरा र पोखरा-नारायणघाट खण्डको प्रति व्यक्ति २ रुपैयाँ ९४ पैसा कायम भएकोमा अब ३.०४ भाडादर कायम गरिएको छ ।

कहाँको भाडा कति ?