काठमाडौँ- तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनामध्ये १० जनाको शव सोमबार साँझ काठमाडौँ ल्याइपुर्याइएको छ।
सेनाले दुर्घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा सोमबार भेटिएका २१ मध्ये १० शव राजधानी ल्याइपुर्याएको हो।
बाँकी शव मंगलबार ल्याइने सेनाले जानकारी दिएको छ।
आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिकामा दुर्घटनमा परेको हो।