images
images

संस्कारयुक्त शिक्षा :आजको आवश्यकता

काठमाडौँ , जेठ १९ (अनलाइन बहस)
संस्कारयुक्त शिक्षा-आजको आवश्यकता आई. सी. ए  नेपाल र ईमाजिन नेपालको  संयुक्त आयोजनामा हरेक महिना आयोजना गरिने नियमित प्रस्तुतिको तेस्रो चरणमा हिजो एक कार्यक्रम बीच “संस्कारयुक्त शिक्षा, संस्कारयुक्त जीवन” भन्ने विषयमा कागेश्वरी मनोहरा स्थित अक्षरा स्कूलमा प्रवचनको आयोजना गरियो ।

अक्षरा स्कूलका प्रधानाध्यापक अन्जु भट्टराईले उक्त कार्यक्रममा बोल्दै शिक्षालाई कसरी संस्कारसँग जोड्न सकिन्छ भनेर उदाहरण सहित प्रस्तुत गर्नु भयो । उहाँले हप्ताको एक दिन यस्ता छलफल  राखेर वियार्थीले के राम्रो काम गरे भन्ने विषयमा छलफल गर्ने गरेको कुरा पनि बताउनु भयो । आफ्ना विद्यार्थीलाई कसरी संस्कारयुक्त शिक्षा दिन सकिन्छ र यस तर्फ गरेका प्रयास बारे सबैलाई अवगत गराउनु भयो।  विभिन्न संस्थाका प्रतिनिधित्व तथा विद्यालय परिवारको सहभागिता  रहेको उक्त कार्यक्रममा संस्कारयुक्त शिक्षाबारे विभिन्न सहभागीले आ-आफ्नो विचार समेत राखेका थिए। कार्यक्रमको अन्त्यमा इमाजिन नेपालका पूर्व अध्यक्ष डा. ध्रुव आचार्यले कार्यक्रमको महत्वबारे पुस्टि गर्दै कार्यक्रमको समापन गर्नु भयो ।