काठमाडौं, भदौ २३
काठमाडौं महानगरपालिकाले अवैध रुपमा नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा पास गर्न ९० दिन म्याद थपेको छ ।
महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा
जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनेको छ ।
महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरी बनेका संरचना तोकिएको समयभित्र नक्सा पास नगरेमा कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।