काठमाडौँ - कोभिडविरुद्धको खोपको दोस्रो मात्रा लगाइसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि बुस्टर डोज दिइने भएको छ ।
कोभिडको दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकालाई बुस्टर लगाइने स्वास्थ्य मन्त्रालयकाे बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बताए ।
देशभरका विद्यालयमा खोप केन्द्र तोकेर २ चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी असार ९ गतेदेखि १५ गतेसम्म ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोभिड विरुद्धको खोप दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।