कठमाडौं, फागुन १४
कान्तिबाल अस्पतालको आयोजना तथा National Institute For Career Development (Media House) को व्यवस्थापनमा २ दिने “सकारात्मक सोधखोज” (Appreciative Inquiry) को तालिम होटल ली हिमालय लाजिम्पाटमा एउटा समारोह बिच कान्तिबाल अस्पतालका अध्यक्ष डा. बाबुराम गौतम ज्युले उद्घाटन गर्नुभयो । उद्घाटनकै क्रममा डा. बाबुराम गौतम ज्युले यस तालिमले सकारात्मक सोचको एउटा तंरग ल्याउने र यस तालिमले स्टाफ नर्स तथा डाक्टरहरुको काम गर्ने जोश जागरमा थप उर्जा पुग्ने कुरा बताउनु भयो । डाक्टर,स्टाफ नर्स, कर्मचारी तथा अन्य भुमिकामा काम गर्ने ४० जनाको सहभागीता रहेको यस तालिममा विशेष अतिथी “गुणस्तर मापन तथा नियमन महाशाखा” प्रमुख स्वास्थ तथा जनसंख्याका डा.मदन कुमार उपाध्याय ज्युले तालिमको सफलताको कामना गर्दै आफ्नो मन्तव्य व्यतm गर्नुभयो ,अर्का विशेष अतिथी कान्तिबाल अस्पतालका निर्देशक डा.युवानिधि वसौला ज्युले तालिमको
बारेमा स्पष्ट पार्दै तालिमले सबैजनाको काम गर्ने जागर र गुणस्तर बढ्ने छ भन्ने विश्वास व्यक्त गर्नु भयो। कार्यक्रममा कान्ति अस्पताल विकाश समितिका सदस्य कपिल देव लामेछानेले आजको पनि उपस्थित थियोे । अर्का अतिथि नर्सिग विभागका प्रमुख सह प्राध्यापक रोशनी लक्ष्मी तुई तुई ज्युले सकारात्मक सोचको तालिमले सकारात्मक परिणाम आउने कुरामा आफ्नो विश्वास रहेको कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा National Institute For Career Development (Media House) कार्यकारी निर्देशक सहनशीला शर्मा ज्युले खादा ओढाएर साथै मायाको चिनो प्रदान गरी अतिथीहरुको स्वागत गर्नुभएको थियो । बरिष्ठ प्रशिक्षक रुपेन्द्र मर्हजन ज्युले यस तालिम २ दिनभरीको हुने कुरा कार्यक्रम संयोजक द्धय अशेष खनाल र उज्वलराज गौतम ज्युले बताउनु भयो । कार्यक्रमको समापन साउन्ड थेरापिष्ट मंगलमान मर्हजन ज्युले गराउने कुरा National Institute For Career Development (Media House) का व्यवस्थापक विष्णु खड्का ज्युले जानकारी गराउनु भयो ।