नेकपा एमालेबाट तिनाउ गाउँपालिकामा विजयी जनप्रतिनिधिहरु रहेको पालिका सभा दलको आयोजनामा पार्टीका नेता तथा एमाले समर्थित जनप्रतिनिधिहरुको संयुक्त बैठक शनिवार तिनाउको अर्घाछापमा सम्पन्न भयो । पालिका सञ्चालनमा पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन र
पार्टी विधानको धारा ७४ ९३ ० र ९४० को कार्यान्वयनका लागि नेकपा एमाले तिनाउ कमिटीका इन्चार्ज दलबहादुर गुरुङको संयोजकत्वमा पालिका सञ्चालन समन्वय संयन्त्र गठन भएको छ । जसका सदस्यहरुमा पालिका कमिटीका अध्यक्ष रोमबहादुर लम्तरी,उपाध्य सावित्रा राना,सचिव तोया लम्साल,पालिका सभा दलका नेता प्रेम श्रेष्ठ,उपनेता भुवानसिह चिदी र प्रवक्ता यादवप्रसाद अर्याल रहनुभएको छ । संयन्त्रले पालिका सभा दललाई आवश्यक सहयोग र पार्टी एवम् जनप्रतिनिधिहरुकाबीच समन्वय गर्ने कामलाई मद्दत गर्ने संयन्त्रका संयोजक दलबहादुर गुरुङले बताउनुभयो । सभा दलका नेता एवम् तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले पार्टी विधान अनुसार गठित संयन्त्रले आफूहरुलाई सहजीकरणमा थप सहयोग मिल्ने बताउनुभयो । उक्त कार्यक्रममा एमाले प्रदेश कमिटीका सदस्य ओमबहादुर घर्तिमगरले मिसन ग्रासरुट अभियानमा पार्टीका सबै नेता,कार्यकर्ता र जनप्रतिनिधिहरु गतिशील भएर लाग्नु पर्ने र सोही अभियानकै क्रममा पालिका सञ्चालन समन्वय संयन्त्र गठन गरिएको र यसलाई समन्वयकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा रामबहादुर दर्जी,रोमबहादुर लम्तरी,तोया लम्साल,रामबहादुर थापा,यादवप्रसाद अर्याल,भुवानसिह चिदी,ऐमानसिह चिदी,खडक गोदार लगायतले तिनाउमा एमालेलाई गतिशील बनाउन सबै नेता,कार्यकर्ता कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियोे ।