फागुन २०, बुटवल ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन) तिलोत्तमा नगर समिति, रुपन्देहीले आयोजना गरेको बालगीत प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रतियोगितामा न्यू इन्भार्वमेन्ट आवासीय मावि प्रथम, नोवेल एकाडेमी द्वितीय र लिटिल प्याराडाईज बोर्डिङ्ग स्कुल तृतीय भएका छन् । साथै, नवजीवन र लिटिल स्टार स्कूलले सान्त्वना स्थान प्राप्त गरेका छन् । नर्सरीदेखि कक्षा एक सम्मका विद्यार्थीको सहभागिता रहेको उक्त बालगीत प्रतियोगितामा साहित्यकार दलबहादुर गुरुङ र संस्कृतिकर्मी नारायण थापा मूल्याङ्कनकर्ता रहनुभएको थियो ।
पुरस्कृत विद्यालयका विद्यार्थीलाई प्रमाण पत्र, शील्ड र नगद पुरस्कार प्रदान गरिएको प्याब्सन नगर अध्यक्ष केएन सागरले बताएका छन् । प्रतियोगिताका प्रमुख अतिथि प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेयले विद्यार्थीका प्रतिभालाई सबैका बिचमा प्रस्तुत गर्ने अवसरको रूपमा प्रतियोगितालाई लिएको बताएका छन् । प्याब्सन तिलोत्तमाले चित्रकला र ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरेको थियो ।