काठमाडौं, ११ चैत्र
प्रंशसायूक्त सोधखोज गर्ने, सफलताका कथाहरु सुनाउने तथा अबको नेपालको सकारात्मक भविश्यको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौमां आज एक दिवशीय सम्मेलनको आयोजना गरियो । ‘इमाजिन नेपाल’ को आयोजना तथा आइसीए नेपाल र फण्डरेजिङ्ग फर एनजीओको समन्वयमा आयोजित यस कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो ।
सम्मेलनमा सकारात्मक खोज र शिक्षा, गुणस्तर निर्धारण, वातावरणीय पर्यटन, नेतृत्व विकास, उद्यमशिलता आदि विषयमा विभिन्न १० वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । सम्मेलनको विशेष सत्रमा बोल्दै डा.सरोज धितालले सकारात्मक सोचको विकास गरी रुपान्तरित समाजको विकास गर्न सकिने बताउनु भयो । अर्को वक्ता बुध्दि तामाङ्गले पूर्वीय दर्शन र सकारात्मक
सोचको सम्वन्धबारे प्रकाश पार्नु भयो । सम्मेलनमा डा. ध्रुव आचार्यले इमाजिन नेपालको वर्तमान र भविष्यबारे प्रकाश पार्नु भयो भने संस्थाका अध्यक्ष प्रा. तत्वप्रसाद तिम्सिनाले इमाजिन नेपालले सकारात्मक सोचको विकासको सन्दर्भमा खेलेको भूमिकाबारे प्रकाश पार्नु भयो ।
‘एप्रिसिटिभ इन्वक्वारी’ सम्वन्धी अन्तराष्ट्रिय समूहसंग आबध्द ‘इमाजिन नेपाल’ विगत दुई दशक यता सकारात्मक सोच र विकास सम्वन्धी विविध कार्यहरु गर्दै आएको छ । सम्मेलनले यस दिशामा उल्लेख्य योगदान गर्ने गरेकोबारे विभिन्न सहभागीहरुले आफ्नो राय व्यक्त गरे । आगामी वर्ष संस्थाले राष्ट्रिय सम्मेलन गरी सकारात्मक सोचको क्षेत्रमा योगदान दिनेबारे उक्त सम्मेलनमा बताइयो ।