एजेन्सी - अमेरिकाले युक्रेनलाई थप १ अर्ब अमेरिकी डलरबराबरको सैन्य हतियार प्रदान गर्ने भएको छ ।
राष्ट्रपति जो बाइडेनले बुधबार उक्त घोषणा गरेका हुन् । बाइडेनकाअनुसार युक्रेनले पानीजहाज प्रतिरोध रकेट प्रणाली, हवाई रकेट, ड्रोन र बम बारुद प्राप्त गर्नेछ ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको फोनवार्तामा बाइडेनले यस बारेमा जानकारी गराएका हुन् ।
उनीहरुबीच ४१ मिनेट वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बाइडेनले युक्रेनलाई मानवीय सहायताको लागि थप २२ करोड ५० लाख डलरको सहयोग घोषणा गरेका छन् ।
जसमा खानेपानी वितरण, अत्यावश्यकीय मेडिकल सामग्री आपूर्ति स्वास्थ्यसेवा, खाद्यान्न, आवास र आवश्यक सामग्री खरिदका लागि मानिसहरुलाई आर्थिक राहत प्रदान गर्नेलगायतका योजना छन् ।