काठमाडौँ, जेठ ।
आइ.सी.ए नेपाल र पेशागत विकास र अनुसन्धान केन्द्र (PDRC) को संयुक्त पहलमा ‘दलित तथा सीमान्तकृत नागरिकहरुको रुपान्तरण’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रमको अध्यक्षता पीडीआरसीका अध्यक्ष कमला देवि हेमचुरीले गर्नुभएको थियो ।
पेशागत विकास र अनुसन्धान केन्द्र दलित र सीमान्तकृत युवाहरूको जीवनमा परिवर्तन ल्याउने प्रतिबद्धताका साथ सन् २००५ मा स्थापना भएको हो । गुणस्तरीय उच्च शिक्षामा उनीहरूको पहुँच बढाउने उद्देश्यका साथ नीति निर्माताहरूलाई समावेशी लोकतन्त्रको प्रवर्द्धन गर्न यस संस्थाले पैरवी गर्ने गर्दछ । सामाजिक अनुसन्धानमा सक्रिय रूपमा संलग्न हुन आगामी पुस्ताका नेताहरूलाई समर्थन र प्रोत्साहन गर्दछ । आइ.सी.ए नेपालका प्रमुख कार्यकारी निर्देशक ईशु सुब्बाले संस्थाको संगठनात्मक र वित्तीय स्थिरता को बारेमा प्रकाश पार्दै पीडीआरसीले यस दिशामा गरेको कार्यहरुको प्रशंसा गर्नु भयो । कार्यक्रमका अध्यक्ष कमला देवी हेम्चुरीले पीडीआरसी ले कसरी काम गरिरहेको छ भन्ने बारे प्रकाश पर्नु भयो । आइ.सी.ए नेपाल र पीडीआरसीले सहकार्य गरी दलित तथा सीमान्तकृत नागरिकहरुको रुपान्तरणका कार्यहरु गर्ने प्रतिवद्धताका साथ कार्यक्रमको समापन भयो ।