नेता पुष्पलालकी सुपुत्री उषा,
साहित्यकार उषा ( उषा सेरचन ) ,
मेरी प्रिय छात्रा उषा ,
अन्धकार चिरेर आउने उषा -
सबै त छन् यतै कतै
कोही ग़ायब त छैनन् ।
तर —
यति कालो भ्रष्टाचार चिरेर
रक्तिम प्रकाश छर्ने उषा-किरण
कहाँ गायब छन् ख्वै ?
समग्र अत्याचारमा
आगो लगाउन
उनको उत्तप्त प्रकाशबाट सिर्जित -
दाबानल चाहिएको छ
एक सशक्त दाबानल -
दुराचारीहरूको आहाल बनेर आऊ उषा !
अर्को जनक्रान्तिको आँधी लिएर !
आज तिम्रो आबश्यकता खट्किरहेछ ,
आऊ रुद्र-चण्डी बनेर , महाँकाली बनेर
बिरांगना लक्ष्मी बाईको अबतार लिएर !