images
images

राष्ट्र निर्माणमा नेतृत्वको भूमिका

प्रा.डा. पुष्पराज कँडेल, एक प्रतिष्ठित बुद्धिजीवी, सुपरिचित प्राध्यापक तथा सुसङ्गत अर्थशास्त्री हुनुहुन्छ । यी विषयकासाथै उहाँ उच्च राजनैतिक चेतयुक्त वामपन्थी नेता हुनुहुन्छ । संविधान निर्माण भइरहँदा मुलुक सङ्घीयता र पहिचानको तातो बहसमा रुमल्लिएको थियो । त्यतिबेला सङ्घीयताका सबल र दुर्बल पक्षहरू, नेपालमा त्यसको सान्दर्भिकता र जोखिम, पहिचानको राजनीतिका विरोधाभाष एवं नेपालले अवलम्बन गर्नु पर्ने विकास– ढाँचाका बहसकर्ता, एक प्रकारले बगिरहेको धार विरुद्ध उभिएका राजनीतिक व्यक्तित्व कँडेल योजना आयोगका पूर्व उपाध्यक्ष हुनुहुन्छ । पन्ध्रौँ पञ्चवर्षीय योजना र राष्ट्रको दीर्घकालीन सोचको मस्यौदाकार कँडेल बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । उहाँले लेख्नुभएको पुस्तक ‘स्थानीय सरकारमा शुद्धता : जनप्रतिनिधिका प्रतिबद्धता’ हालै प्रकाशित भएको छ । सोही पुस्तकको यो अध्याय यहाँ प्रस्तुत गरिएको छ । 

 

कुनै पनि राष्ट्र टिक्ने वा नटिक्ने, बन्ने वा नबन्ने त्यहाँको मूल नेतृत्वमा रहेकाहरूको विचार, आचरण, व्यवहार र कार्यशैलीमा निर्भर हुन्छ । नेतृत्व सबैथोक होइन, तर अत्यन्त महत्वपूर्ण विषय हो । जुन बेलासम्म देशले क्षमता, निष्ठा, दृढता र दूरदृष्टि भएको नेता फेला पार्दैन, त्यति बेलासम्म राष्ट्र निर्माणको कामले गति लिन सक्तैन । धेरै विकासशील देशहरू असफल हुनाको मूल कारण त्यहाँ उपयुक्त नेतृत्वको कमजोरी हो । राष्ट्र निर्माणका लागि त्यस्ता नेताहरू चाहिन्छ, जसले समाजको एउटा छेऊको मात्र नेतृत्व नगरेर पूरा जनसङ्ख्याको गर्दछ, देशको राजनीतिक र आर्थिक समस्याहरूलाई राम्रोसँग बुभ्mछ र सोही अनुसारको समाधान दिन्छ भन्ने एउटा र गर्ने अर्को गर्दैन, कानुनलाई चुनौती दिने होइन, त्यसलाई सम्मान गर्दै अगाडि बढ्दछ । आपूmलाई पद, पैसा र प्रतिष्ठामा बेच्ने होइन, राष्ट्रलाई ध्यानमा राख्दछ । अरुको दास भएर पद प्राप्त गर्ने होइन, स्वाभिमानपूर्वक आफूलाई अगाडि बढाउँछ । न्यायोचित प्रतिस्पर्र्धामा विश्वास गर्दछ र निष्ठा अनि क्षमता राख्दछ । यस्तो नेतृत्व पाउने देश मात्र होइन, प्रदेश, जिल्ला, गाउँ, टोल वा कुनै पनि संस्था अगाडि बढ्दछ । 

 

प्राचीन कथा अनुसार रावणको नाशको कारण उनमा पछिल्लो अवधिमा विकास भएको विलासीशैली थियो । महाभारत कालमा कौरवहरूको हस्तिनापुर र श्रीकृष्णको द्वारका नगरीको मोजमस्ती, सुखसयल, भोजभतेर, राज्यको साधनको दुरूपयोग, अहंपना, भ्रष्ट र विलासी जीवनशैलीकै कारणले नष्ट भएको थियो । रोमन साम्राज्य १००० वर्ष टिक्या,े तर अन्त्यमा भ्रष्टाचारको कारणले टिक्न सकेन र त्यतिबेलाको बर्बर जर्मनी जातिबाट पराजित हुनपुग्यो । रोमन साम्राज्य मात्र होइन, अट्टोमन साम्राज्य, मङ्गोलहरूको युआन साम्राज्य, भारतमा मुगल साम्राज्य अति भ्रष्ट र मोजमस्तीको जीवनशैलीकै कारणले समाप्त भएका थिए । पूर्व सोभियत सङ्घ विघटन हुनुको एउटा मूल कारण भ्रष्टाचार हो जसले त्यसलाई पूर्णरूपमा विकृति र विसङ्गतियुक्त समाजमा रूपान्तरण गरेको थियो । भनिन्छ कि त्यहाँ पछिल्लो अवधिमा एउटा श्रमिकले राम्रो काम पाउन कारखानाको प्रवन्धकलाई भोड्का खुवाउनेदेखि पोलिट्ब्युरो सदस्यले भूमिगत रूपमा वेश्यालय चलाउने र गुण्डा समूहबाट रकम लिने सम्मका काम भएका थिए अर्थात् सबै भ्रष्टाचारमा चुर्लुम्म डुबेका थिए । सोभियत शासन व्यवस्था पछिल्लो अवधिमा भ्रष्ट शासकहरूको बनिसकेको थियो, जसले भ्रष्टाचारको माध्यमबाट आमजनताहरूलाई शोषण गर्दै थिए । समाजवाद र साम्यवाद निर्माण गर्ने सपनालाई छाडेर पार्टीका नेताहरू नितान्त व्यक्तिगत, पारिवारिक र भौतिक सुविधामा केन्द्रित भएका थिए ।  नेपालमा पृथ्वीनारायण शाहको देहावसानपछि राजा प्रतापसिं शाह, उनका छोरा रणबहादुर शाह र त्यसपछिका वीरेन्द्र र उनको छोरासम्मका राजा र उनका परिवारका विलासिताको कारणले नै नेपाल यति धेरै पछाडि परेको र राजतन्त्र समेतको उन्मुलन भएको हो । रणबहादुर शाहको मोजी शैलीले ब्रिटिसहरूले नेपाललाई हेप्ने अवसर पाए र कालान्तरमा युद्ध गरेर सुगौली सन्धि गर्न बाध्य बनाए । सुगौली सन्धिपछि शाह वंशको मोजमस्तीले राणा शासन निम्त्यायो । राणाहरूको विलासिता र निरङ्कुशताले बेलायतको हस्तक्षेप निम्त्यायो, जसले गर्दा नेपाल अहिलेको अवस्थामा आइपुगेको छ । पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्र खत्तम हुनुको कारण पनि यही हो । व्यवस्था मात्र होइन, स्वयं पार्टीहरूमा पनि यो सिद्धान्त लागू हुन्छ । भारतमा भारतीय कांग्रेस, नेपालमा पनि कुनै बेलाका सशक्त पार्टीहरू दीनहीन अवस्थामा पुग्नु र गठबन्धनको सहारामा बाँच्नु पर्ने अवस्था आउनु मूलतः उपयुक्त नेतृत्वको अभाव नै हो । बहुदलीय व्यवस्थापछि पनि देशले गति लिन नसक्नुको कारण पनि यस्तै नेतृत्वले अनेक अनुचित बहानाले देश चलाउने अवस्था आउनु हो । 

 

जसरी एउटा रुखले मात्र जङ्गल बन्दैन, त्यसैगरी एउटा नेता असल भएर मात्र पनि देश बन्दैन । देश बनाउनका लागि समाजका अधिकांश अगुवाहरू इमान्दार र निष्ठायुक्त हुनुपर्छ । खासगरी पार्टीका धेरै नेताहरू गुणवान् हुनुपर्दछ । गन्तव्यमा प्रष्ट हुनुपर्छ र अनुशासित हुनुपर्छ । असल र एकताबद्ध नेताहरू भएको र नभएको अवस्थामा धेरै कुराहरू फरक पर्छन् भन्ने कुरा अफ्रिकाका बोत्स्वाना र सोमालिया नाम गरेका दुई वटा देशहरूलाई हेरेमा थाहा पाउन सकिन्छ । औपनिवेशिक अवस्थाबाट निस्कँदा दुवै देशहरू आर्थिक हिसाबले उस्तै अवस्थामा थिए । प्राकृतिक साधन र जनसङ्ख्यात्मक संरचना तथा वितरण पनि उस्तै खालको थियो । यी दुईमध्ये बोत्स्वानाको नेतृत्व सामुहिक रूपले नै देशलाई कसरी अगाडि बढाउने भन्नेमा प्रष्ट थियो जब कि सोमालियाको नेतृत्व यस मामिलामा विभाजित थियो । बोत्स्वानाले आपूmसँग भएको साधन र स्रोतलाई उपयुक्त हिसाबले व्यवस्थापन गर्दै अगाडि बढ्यो । फलतः त्यो विकसित हुनपुग्यो । सोमालियाको नेतृत्व विभाजित भएकोले एकआपसमा लडाइँ सुरू गरे, सैनिक शक्ति प्रयोग गर्ने र एकअर्कालाई समाप्त गर्ने काममा लागे जसले गर्दा देश ध्वस्त भयो । त्यसैले के भन्न सकिन्छ भने नेतृत्वको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका हुन्छ । तर एक जना राष्ट्रपति, प्रधानमन्त्री, गभर्नर, न्यायाधीश वा सांसद असल भएर मात्र होइन, समाजलाई अगुवाई गर्ने समूहहरू उदाहरणीय हुनुपर्छ ।  

 

यहाँ हामीले सिंगापुरको अनुभवलाई पनि स्मरण गर्न सक्छौँ । करिब ६० वर्ष अघिसम्म कमजोर अवस्थामा रहेको सिंगापुर कडा अनुशासनयुक्त शासन व्यवस्थाको कारणले अहिलेको अवस्थामा आइपुगेको हो । भ्रष्ट अवस्थामा रहेको सिंगापुरलाई तेस्रो विश्वबाट पहिलो विश्वमा लैजान सिंगापुरका पूर्व प्रधानमन्त्री लि क्वान यू, जसलाई सिंगापुरका निर्माता पनि भनिन्छ, उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसका लागि उनले अथक प्रयत्न गरे जसमा सुशासनको रणनीति बनाउने, ऐन नियमहरू बनाउने, तिनलाई कार्यान्वयन गर्ने, आपूm नियममा बस्ने र अरुलाई पनि त्यसैअनुसार चलाउने आदि प्रमुख थिए । उनले आप्mनो कार्यकालमा धेरै मन्त्री र राजनीतिक नियुक्तिका व्यक्तिहरूलाई पदबाट बर्खास्त गरे, जसका कारणले कतिपय व्यक्तिहरू देश बाहिरै जान बाध्य भए, कतिले आत्महत्या गरे । उनी माथिल्लो तहबाट हुने भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएको कुरा उनको आत्मवृत्तान्तमा पढ्न पाइन्छ । उनी भन्छन्, ‘यदि सरकारमा बस्नेहरूसँग उच्च नैतिक बल र दृढता हुने हो भने भ्रष्टाचार नियन्त्रण गर्न नसकिने कुरै छैन । कसैको मुख नहेरी नियम उल्लङ्घनकर्र्तासँग कडा व्यवहार गर्ने दृढता नेतामा चाहिँ हुनैपर्यो  । भ्रष्टाचार सम्बन्धी ऐन, नियमहरू कार्यान्वयन गर्न गराउन सोसम्बन्धी संस्थाका अधिकृतहरूलाई विनाधाक, डर र धम्की सहयोग गर्नैपर्छ । अन्यथा भ्रष्टाचार नियन्त्रण सम्भव छैन ।’ (यू, २०७७ः १२७) । 
...‘इमान्दार र सक्षम व्यक्तिहरूको सरकारले  नै सिंगापुरको आर्थिक वृद्धिदर ८ देखि ९ प्रतिशतसम्म कायम राखेर सिंगापुरको अर्थतन्त्र सुदृढ बनाएका हुन् ।’(यू, २०७७ः १३०) ।
एउटा देशको हकमा मात्र होइन, हरेक संस्थामा त्यही हुने गर्दछ । उदाहरणका लागि हिन्दु धर्मका मठाधीशहरूको विलासिता विरुद्ध सङ्घर्ष गरेर बौद्ध धर्मको उत्थान भएको थियो । पछिल्लो कालखण्डमा बौद्ध धर्मको पतन र हिन्दु धर्मको पुनरुत्थानको मूल कारण बौद्ध मठमा रहेको चरित्रहीनता, सुख र वैभवको जीवन, भ्रष्टाचार आदि थिए । इसाई धर्मका विरुद्ध मार्टिन लुथर किङको नेतृत्वमा धर्मसुधार आन्दोलन हुनाको मूल कारण पनि चर्चको अथाह सम्पत्ति र त्यसले सिर्जना गरेको विकृति थियो । यसले नै इसाई धर्मलाई क्याथोलिक र प्रोटेस्टेन्ट गरी दुई भागमा बाँडेको थियो । 

 

इतिहासको अध्ययनबाट देखिने कुरा के हो भने संसारमा शासन प्रणाली र शासकहरू आउँछन्, सुरूमा धेरै नयाँ कुराहरू ल्याउँछन्, जनता आकर्षित हुन्छन्, शासनमा टिक्छन्, विस्तारै उनीहरूमा विकृति सुरू हुन्छ । जनताले उनीहरूका विरुद्ध विद्रोह गर्न थाल्छन्, अनि कमजोर हुँदै जान्छन् र अन्त्यमा अस्तित्व नै समाप्त हुनपुग्दछ । अहिलेसम्म भएको यही छ । साम्राज्यहरूको विघटन ठूलो कुरा हो, जुन सजिलोसँग हुँदैन तर इतिहासमा हुने गरेको छ । यसो हुनाका कारणहरूमा बढ्दो नोकरशाही, घट्दो सिर्जनशीलता, आर्थिक भ्रष्टता, बढ्दो जातीय द्वन्द्व आदि हुन् । राजनीतिक पार्टी वा कुनै राजनीतिक व्यक्तिको हकमा पनि पुरानो हुँदै जाँदा कमजोर हुँदै जाने र त्यसको ठाउँ नयाँले लिने हुँदै जान्छ । यसका विभिन्न कारणहरू छन्ः 
१. पुरानो हुँदै गएसँगै पार्टी (व्यक्ति समेत) आफ्ना  मूल उद्देश्यहरूबाट विमुख भएर निजी स्वार्थतर्फ केन्द्रित हुन्छ । यो यति विस्तारै हुन्छ कि त्यसका कार्यकर्ताहरूले आफ्नो  मूल उद्देश्य के थियो र संस्थाको वर्तमान गतिविधि कहाँ पुग्यो ? तोकिएको मूल उद्देश्यबाट कति टाढा पुगिसक्यो भन्ने महसुस नै गर्दैनन् । चलन—चल्तीका र व्यक्तिगत स्वार्थमा केन्द्रित रहेका कामहरू नै मूल काम हुन् जस्तो भान पर्न जान्छ । समाज प्रतिका आप्mना दायित्वहरूलाई विस्तारै भुल्दै जाने अवस्था रहन्छ । 
२. भ्रष्ट यथास्थितिवादले खास प्रणालीभित्र काम गर्ने हरेकलाई भ्रष्ट बनाउँछ । संस्थाले मूल उद्देश्यबाट आपूmलाई विमुख पारिसकेपछि हरेकले आप्mनो व्यक्तिगत विषयलाई ध्यान दिन्छ र फाइदालाई अधिकतम बनाउनेतिर जान्छ । यसबाट व्यक्तिको समाजप्रतिको उत्तरदायित्वमा कमी आउँछ । इमान्दार मानिसहरू विस्तारै संस्थाबाट पलायन हुन पुग्छन् । हरेकसँग अरुले आपूmलाई फाइदा हुने काम गर्दैछन् भने मैले गर्न किन नहुने ? भन्ने भावना आउँछ । चाहे राजनीतिक पार्टी होस् वा क्षेत्र, हरेक व्यक्ति नितान्त व्यक्तिवादी हुँदै जान्छ । त्यसैगरी धेरै संस्थाहरूमा इमान्दार मानिसहरू पलायन हुने र नक्कलीहरूले ठाउँ लिने हुन्छ । 
३. निजी स्वार्थमा लागेको व्यक्तिले संस्थालाई आवश्यक जनशक्ति नियुक्त गर्दा क्षमता वा प्रतिस्पर्धात्मक कुरालाई ध्यान नदिएर निजी हित मात्र हेर्न थाल्छ र सोहीअनुसार काम गर्दै जान्छ । हरेक संस्थामा नातावाद,  कृपावाद अत्यधिक मात्रामा रहेको स्थिति आउँछ । नवप्रवेशी कार्यकर्ताहरू नातागोताको आधारमा आएका हुनाले क्षमता विहिन हुन्छन् । उनीहरूको काम दिन कटाउने र आफ्नो  व्यक्तिको सेवा गर्ने हुन्छ ।  
४. यथास्थितिवादलाई संरक्षण गर्दै नयाँनयाँ सोचहरूलाई पन्छाउँदै गइन्छ । सुधार र नयाँनयाँ विषयहरूलाई कोठामा बन्द गरिन्छ र नष्ट गरिन्छ । यथास्थितिवाद हावी हुन्छ । परिवर्तनकारी कुराहरू हराउँछन् । त्यसका मूल मानिसहरू अध्ययन गर्ने, नयाँ सोच बनाउने र भुमरीबाट कसरी निस्कन सकिन्छ भनेर सोच्दैनन् । संस्था विस्तारै गन्तव्य हराएको जहाजजस्तो हुन्छ । 
५. नयाँ प्रविधि र प्रक्रियाप्रति संस्थागत अरूची बढ्दै जान्छ र चालु प्रणालीमा नै रमाइरहन्छ । यसैको कारणले संस्थाभित्रको खर्च बढ्दै जान्छ । संस्थाप्रति जनताको सम्बन्ध विस्तारै कमजोर हुँदैजान्छ । उत्पादकभन्दा अनुत्पादक खर्चहरू बढी हुन थाल्छन् । 
६. असफल हुँदैै गएको भए तापनि पुराना कुराहरूमा टाँसिई रहन्छ । नयाँको बाटो बन्द हुन्छ, जोखिम लिने प्रवृत्ति घट्छ र नयाँनयाँ परिकल्पनाहरू आउने ठाउँ रहँदैनन् । पुरानो भुत्ते नेतृत्वले पुरानै कुरा दोहोऱ्याइरहन्छ । 
७. असक्षमता र स्वार्थसम्बन्धलाई पुरस्कृत गरिन्छ र क्षमतावान् र इमान्दारलाई दण्ड दिइन्छ । संस्था सधै तिगडमबाजीबाट मात्र चलाउन थालिन्छ । 
८. जवाफदेहिता, प्रभावकारिता र उद्देश्य प्रतिको घट्दो लगावको कारणले मेहनतबाट हुने लाभ तुलनात्मक रूपमा कम हुन थाल्छ । 
९. असल, इमान्दार र निस्वार्थी कार्यकर्ताले दिएका सुधारको लागि उपयुक्त सुझावहरूमाथि ध्यान कम दिइने हुन्छ । अधिकांश विषयमा स्वार्थी र व्यक्तिगत फाइदामा केन्द्रित सुझावहरूलाई ग्रहण गरिन्छ, जसको कारणले गलत निर्णयहरू हुन पुग्छन् । 

१०. विकृत धन खासखास व्यक्तिहरूमा थुप्रँदै जान्छ । धनको मात्रा जति बढ्यो, लोभ पनि त्यति नै बढ्दै जान्छ । लोभले मानिसलाई स्वार्थी बनाउँछ । लोभले एक अर्कामा रिस, ईष्र्या, घमण्ड, खुट्टा तानातान र पोलापोलको स्थिति जन्माउँछ । भाइ भाइमा लडाइँ निम्त्याउँछ, एकले अर्कालाई अविश्वास गर्ने वातावरण सिर्जना गर्दछ । अर्थमोहको विकृतिले नै लाटा र बाठा, माथिल्लो तह र तल्लो तह, नेतृत्वमा पहुँच भएका र नभएका, इमान्दार र फटाहा आदिको बिचमा विभेद आउन थाल्छ । इमान्दार, सोझा, नेतृत्वमा पहँुच नभएका पाखा लाग्ने, बाठा र पहुँच भएकाहरूको हालीमुहाली चल्ने स्थिति आउँछ । लुटको कमाइबाट रजाइँ गर्न पल्किएकाहरूले यो क्रम जारी राख्छन् भने अधिकांश कार्यकर्ताहरूले यसको विरोध गर्छन् । यही प्रवृत्तिले ठूलो अन्तरसङ्घर्ष जन्माउँछ । कार्यकर्ताहरूले यसको विरोधमा विद्रोहको विगुल फुक्छन् । कुनै पनि वस्तुलाई समाप्त पार्न बाहिरीभन्दा आन्तरिक कारण नै प्रमुख हुन्छ भन्ने द्वन्द्ववादका आधारभूत सिद्धान्तअनुसार पुरानो सत्ता मक्किन थाल्छ र त्यसको ठाउँमा नयाँले जरो गाड्छ । संसारका पुराना साम्राज्य ढल्ने र नयाँ व्यवस्था आउने प्रक्रिया यसरी नै अगाडि बढेको छ । हामीले पनि यी घटनाहरूलाई नियालेर हेर्नु र यस्तो नहोस् भन्नेतर्फ सोच्नु उपयुक्त हुन्छ । यो नियमलाई हामीले बुज्नुपर्छ  । पछिल्लो स्थानीय निर्वाचनमा धेरै ठाउँमा पहिले जितेका पार्टी र जनप्रतिनिधहरू हार्ने कारण यही हो । यदि सही तरिकाले चलाउन सकिएन भने नयाँ जनप्रतिनिधिहरूको र पार्टीको पनि हालत यही हुन्छ । त्यति मात्र होइन, यसले समस्त व्यवस्थामाथि पनि असर गर्न सक्छ । 

 

राष्ट्र निर्माण र विनिर्माणमा धेरै देशहरूमा यसो भइरहेको छ । जसरी अहिले नेपालमा पनि विभिन्न पार्टी र नेताहरूको कारणले देशले भोगिरहेको छ । हिजोको एउटा भीमकाय पार्टी र त्यसको नेतृत्व आप्mनो मूल उद्देश्य राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारालाई भुलेर नवउदारवाद, विदेशीसामू आत्मसमर्पण, सत्तालिप्सा र भ्रष्टतामा पसेकोले कमजोरमाथि कमजोर हुँदै गएको छ भने अर्को हजारौं हजारलाई बलिदान चढाएर आएको पार्टीको दिनानुदिन पतन भएर पार्टी र आपूmलाई जोगाउन जे पनि गर्नु पर्ने स्थितिमा आइपुगेको छ । यदि पुनर्ताजगी दिन सकिएन भने हरेक संस्था र व्यक्तिको त्यही हालत हुन्छ । भर्खर सम्पन्न स्थानीय निर्वाचनमा दोहारिएका अधिकांश उम्मेदवार हार्नुका पछाडि पनि यो सिद्धान्तले काम  गरेको छ । 

 

भनिन्छ, राज्यको जिम्मेवारी लिनु वा पाउनु त्यति कठिन छैन, जति त्यसको सुरक्षा र निर्वाह गर्ने कुरा धेरै कठिन छ । राजरस (राज्यसत्ताको रस) महजस्तो गुलियो र स्वादिलो हुँदैन । जुन शासकले विषपान गरेर अमृत ओकल्दछ, उसैले राज्यको सञ्चालन राम्ररी गर्न सक्छ अर्थात् अनुशासित शासकले मात्र राम्रोसँग राज्य सञ्चालन गर्छ । त्यसै भएर शासकहरूमा अनुशासन अपरिहार्य हुन्छ । यहाँ चाणक्यले उनका चेला भारतका सम्राट चन्द्रगुप्तलाई भनेका केही शब्दहरूलाई ध्यान दिऊँ ...‘राजाले सर्पसँग खेल्नुपर्छ । राजधर्म अत्यन्तै कठोर धर्म हो, राजाले मृत्युपछि मात्र कीर्ति पाउँछ । जो राजर्षि बनी देशको सेवा गर्छ, उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरू आपूmमा सुरक्षित राख्नु आवश्यक पर्छ ।’ (अर्याल, २०६०ः ५८) 
सन्दर्भ सामग्री
यु, लि क्वान (२०७७), सिंगापुर निर्माणका आरोहअवरोह, बुकवेल पब्लिकेसन, बागबजार, काठमाडौं । 
अर्याल, मदनप्रसाद (२०६०), चाणक्यः जीवनी र नीतिशास्त्र, रमादेवी अर्याल, काठमाडौं ।