images
images

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दे राष्ट्र बैंक

काठमाडौँ - जेठ पाँच गते अर्थात आज(बिहिबार) नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। आज अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको ऋणपत्र बिक्री गर्न लागिएको हो । विकास ऋणपत्र २०८१ “ङ” (२ बर्षे) नाम दिएको उक्त ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैंकको भनाई छ । 

ऋणपत्रको निष्काशन मिती २०७९ जेठ ६ गते तोकिएको छ भने सावाँ भुक्तानी मिती २०८१ जेठ ६ तोकिएको छ । खरिद गरिएको ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुबिधा रहेको  ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।

खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ । 

राष्ट्र बैंकका अनुसार घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने सिमा तोकिएको ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।