images
images

बन्द फाइलहरू

प्यान्डुराको बाकस जस्ता त छैनन् होला नि ती फाइलहरू     !
किन यति गाह्रो हुन्छ ती फाइलहरू खोल्न  
किन हुन्न हजुर  सत्य- तथ्य कुरा सहजै बोल्न ?
अस्वस्थ मोलतोल र अनुचित सौदाबाजीका कुराहरू धेरै भए हजूर  !    

 

बन्द फाइलहरू खोल्ने कुरा चल्दा
सदन संचालनमै अबरोध गर्नु पर्ने किन हजूर ?
चारैतिरबाट आरोपित अभियुक्तहरूलाई 
निलम्बन मात्र गर्न पनि   —- 

 

 यत्रोबिधि सकस पर्ने किन नि हजूर  ? 
अपेक्षा कति म गरुँ , 
के पो होला ख्वै यसरी ?
भ्रष्टाचारको बिशाल संजाल , 

 

चिर्ने गहन पौरख कसरी  ?
शय्यौं क्विन्टल सुन तश्करीका
पटकौं पटक् का प्रकरणहरूले — 
आफ्नै नागरिकमाथि  ,

 

शरणार्थीको  लेप लगाई  
तस्करी हेतु  नागरिक बेच्ने , 
घुश-भुस सारा हसुर्ने !
 संगठित भ्रष्टाचार ,
ठगी एबं किर्ते-काइते !

 

मनपरी गर्ने राज्यद्रोही
नेल पैरुन् , जेल जाउन् !
कठै बिचरा भन्नै हुन्न —
 कुकर्मका फल्  , सारा भोगुन् !
यो वा त्यो केही न भनी — 
एक्-एक् फाइल् खुल्दै जाउन् !!