images
images

जनै बदलियो, मनै बदलिएन !

जातीय विभेदको सवालमा !
धर्म बदलियो, धर्मात्मा बदलिएन ।
वेद बदलियो, वेदान्तकार बदलिएन ।
संस्कृति बदलियो, संस्कार बदलिएन ।

जातीय विभेदको सवालमा !
नीति बदलियो, नेता बदलिएन । 
भाषण बदलियो, भावना बदलिएन ।
बोली बदलियो, व्यवहार बदलिएन ।
सरकार बदलियो, सहकार्य सदलिएन ।

जातीय विभेदको सवालमा !
राज्य बदलियो, राजनीतिकर्मी बदलिएन । 
कानुन बदलियो, कार्यान्वयन बदलिएन ।

जातीय विभेदको सवालमा !
दिन बदलियो, जिन बदलिएन । 
वर्ष बदलियो, हर्ष बदलिएन । 
युग बदलियो, युज बदलिएन ।

जातीय विभेदको सवालमा ! 
स्वर बदलियो, कोर बदलिएन ।
झोपडी बदलियो, खोपडी बदलिएन । 
लव बदलियो, शव बदलिएन ।

जातीय विभेदको सवालमा !
सम्बन्ध बदलियो, समाज बदलिएन । 
गाता बदलियो, नाता बदलिएन । 
थर बदलियो, घर बदलिएन ।

जातीय छुवाछुत को सवालमा !
पानी बदलियो, बानी बदलिएन । 
ध्यान बदलियो, ज्यान बदलिएन । 
तन बदलियो मन बदलिएन ।

जातीय विभदको सवालमा ! 
बुझाइ बदलियो, जुझाइ बदलिएन ।
चिन्ता बदलियो, चिता बदलिएन । 
अरुलाई बदलियो, आफु बदलिएन ।

जातीय विभेदको सवालमा !
सलामी बदलियो, मलामी बदलिएन ।
पूजा बदलियो, पुरोहित बदलिएन । 
जनै बदलियो, मनै बदलिएन ।

जातीय विभेदको सवालमा ! 
विज्ञान बदलियो, ज्ञान बदलिएन । 
धुप बदलियो, रूप बदलिएन ।
त्याग बदलियो, ट्याग बदलिएन ।

जातीय विभेदको सवालमा !
हेराइ बदलियो, घेराइ बदलिएन । 
घर्षण बदलियो, घमण्ड बदलिएन । 
संसार बदलियो, अहङ्कार बदलिएन ।

(रचनाकार विभेद विरुद्धका अभियन्ता तथा राजनीतिकर्मी हुनुहुन्छ ।)