images
images

संसदीय छानबिन समितिमा पूर्व अर्थमन्त्री शर्माको तीन घण्टा बयान

काठमाडौँ - संसदीय विशेष छानविन समितिलाई पूर्वअर्थमन्त्री जनार्दन शर्माले झण्डै तीन घण्टा बयान दिएका छन् । बिहीबार शर्मामाथि छानबिन समितिले बयान लिएको हो ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति घुसपैठ गरेर करको दायरा हेरफेर गरेको आरोपपछि शर्मामाथि छानबिनका लागि समिति बनाइएको थियो । उक्त आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिइसकेका छन् ।

समितिले अहिले बजेट निर्माणसँग सम्बद्ध सरोकारवालासँग बयान लिने क्रममा बिहीबार शर्मासँग बयान बयान लिएको हो । बयान दिएर बाहिरिने क्रममा शर्माले आफूलाई सोधिएका सबै प्रश्नको उत्तर दिएको पत्रकारहरुलाई बताए । उनले भने– ‘मैले उहाँहरूले सोधेका सबै कुराको जवाफ दिएको छु ।’

तीन घण्टामा लामो बयानमा उनले अर्थमन्त्रालयमा बजेट बनाउने क्रममा कोही बाहिरी मान्छे नआएको दोहोर्याएका छन् । ‘त्यहाँ को भित्र आयो, को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ’ उनले भने, ‘सुरक्षाकर्मीहरू हुन्छन् अरु मर्यादापलकहरू हुन्छन । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन ।’

उनले सिसीटीभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी मन्त्रीलाई नहुने जिकिरे गरे । ‘भिडिओ कहिलेसम्म रहन्छ, के हुन्छ त्योबारे मलाई केहि जानकारी थिएन’ उनको भनाइ थियो ।